राजमो दाङको संगठन विस्तार

0
196

भदौ २२, दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको घरदैलो तथा सदस्यता अभियानको सिलसिलामा आज गढवा गाउपालिका वडा नम्बर ४ को हडैया र गोबिन्द नगरमा अलग अलग टोल समितिहरु गठन भएका छ्न ।

गोबिन्दनगर टोल समितिको अध्यक्ष तारा केसी उपाध्यक्ष सुनिता केसी, सचिब एलिया चौधरी, कोषाध्यक्ष दान बहादुर बोगटी र सहसचिब राजु थापा रहेका छन् । त्यस्तै सदस्यहरूमाः झम्का बोटे कुमाल, राम बहादुर नेपाली, तुल्सी बिक, सीता केसी रहेका छन् ।

यसैगरी हडैया टोल समितिको अध्यक्ष मालती केसी, उपाध्यक्ष लालबहादुर थापा, सचिब ममता केसी, कोषाध्यक्ष थमा अधिकारी र सहसचिब सकित्रा खत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा रुकमणी खनाल र एक स्थान रिक्त रहेको छ ।

उक्त कार्यक्रममा जिल्ला सदस्य तथा गाउपालिका अध्यक्ष कपिलदेब खनाल, जिल्ला सदस्य तथा गाउपालिका सचिब टुकमान कु“वर, अखिल नेपाल किसान महासंघ जिल्ला सचिब चन्द्रबहादुर केसी, अखिल नेपाल महिला संघ जिल्ला सदस्य गौरी खड्का, वाडा नम्बर ४ अध्यक्ष मिना रायमाझी लगायतले मन्तब्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here