राजमो दाङको प्रशिक्षण सम्पन्न

0
514

दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्लाले गढवा गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य मनोज भट्टले विवाहमा नागरिकता दाइजो दिने कुराले राष्ट्रियता कमजोर बनाउदै लगेको कुरा बताउनु भयो । के.पी. ओली सत्तामा पुनरागमन भएपछि उनको राष्ट्रियताको अडान र कूटनीतिक भूमिकामा पूर्ण रुपमा स्खलन आएको बताउनु भयो । कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन र वैचारिक स्पष्टताका लागि प्रशिक्षण कार्यक्रमको जरुरी भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा प्रदेश सदस्य रेशम बिसी, जिल्ला अध्यक्ष गणेश आचार्य, जिल्ला सदस्य दिनमणि आचार्य, सल्लाहकार गुणनिधि शर्मा, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य प्रेम नारायण आचार्य, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लाल बहादुर भण्डारी, अखिल नेपाल युवक सङ्घ जिल्ला अध्यक्ष चित्र एमसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका जिल्ला सदस्य खुमानन्द पोख्रेल र अखिल नेपाल महिला सङ्घ गढवा गाउँपालिका अध्यक्ष उमा पन्थी लगायतले प्रशिक्षण तथा मन्तव्य राख्नु भएको थियोे । गाउँपालिका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता र उपाध्यक्ष नवराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिका सचिव टुकमान कुँवरले गर्नु भएको थियो ।

त्यस्तै, राजमो दाङले राप्ती गाउँपालिकामा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि मनोज भट्टले प्रशिक्षणलाई सम्बोधन गर्दै नेपाली जनतालाई राजनीतिक पार्टीबाट कुनै आशा, भरोसा र विश्वास छ भने राष्ट्रिय जनमोर्चाको छ । अरु सबैले जनतालाई निराश बनाइसकेको बताउनु भयो । त्यसैगरी राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले अहिलेको सरकारले जनताका समस्याको समाधान गर्न नसक्ने हुँदा त्यसका लागि समाजवादी व्यवस्थाको अपरिहार्य भएको कुरा बताउनु भयो । गणेश आचार्यले बुर्जुवा पार्टीहरुले सेवाको होइन, स्वार्थको राजनीति गरेको कुरा बताउनु भयो । गाउँपालिका अध्यक्ष केशवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य प्रेम नारायण आचार्य, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, अखिल (छैठौं) का केन्द्रीय सदस्य राजेन्द्र चौधरी, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय प्रतिनिधि डिलाराम पौडेल, प्रगतिशील प्राध्यापक सङ्घका जिल्ला सदस्य रामकृष्ण पौडेल, अखिल नेपाल किसान सङ्घका जिल्ला उपाध्यक्ष माधव आचार्य, अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्ष कमला बेल्बासे, अखिल (छैठौं) जिल्ला उपाध्यक्ष सरिता पुन, जातीय समता समाजकी सदस्य शान्ति सुनार, एरावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समिति सल्लाहकार टङ्क थापा र समाजसेवी मन बहादुर पुन लगायतको आतिथ्यता तथा मन्तव्य राख्नु भएको थियोे । गाउँपालिका उपाध्यक्ष ठाकुर प्रसाद आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दल बहादुर घर्तीले गर्नु भएको थियो ।

श्रावण ४ गते लमहीमा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मनोज भट्टले देशको राष्ट्रियता, स्वाधीनता र अखण्डताको रक्षा अहिलेको महङ्खवपूर्ण विषय भएको बताउनु भयो । अहिले के.पी. सरकार पुनः सत्तारोहण भएपछि उनमा ठुलो स्खलन भएको छ । त्यसैले यो विषय गम्भीर भएको छ । हशिँया–हथौँडाधारीको सरकार हुनु खुशीको कुरा भएता पनि अहिलेको सरकारले जनताको काम गर्न नसक्ने कुरा बताउनु भयो । त्यसैगरी सुरेश थापाले राजनीतिक आन्दोलनमा पार्टी÷कार्यकर्ताको भूमिका र देशका अन्य पार्टीहरुको चरित्रका बारेमा प्रकाश पार्नु भएको थियो । जिल्ला अध्यक्ष गणेश आचार्यले जिल्लामा चलेका कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रमको विषय प्रवेश गराउनु भएको थियो । लमही नगर अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष महेश रिजाल र सचिव वसन्त पौडेलले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । नगर कोषाध्यक्ष झविन्द्र आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव लेखराज आचार्यले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here