राजमो गौमुखीको सम्मेलन हुँदै

0
364

प्युठान । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका स्तरीय कार्यकर्ता भेला हालै सम्पन्न भएको छ । २०७५ साउन १६ गते ठुलाबेसीमा सम्पन्न सो भेलाले आगामी आश्विन २० गते गौमुखी गाउँपालिका स्तरीय सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।

ठुलावेसी एरिया समितिका अध्यक्ष जनक केसीको अध्यक्षतामा सम्पन्न भेलाले ठुलाबेसी एरिया समितिलाई गौमुखी गाउँपालिका स्तरीय समितिको रूपमा पुनर्गठित समेत गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानका सचिव विदुर मल्लको प्रमुख आतित्थ्यता रहेको सो भेलाले १५ सदस्यीय गौमुखी गाउँपालिका स्तरीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ ।

आश्विन २० गते गरिने सो सम्मेलन आयोजक समितिको अध्यक्षमा जनक केसी, उपाध्यक्षमा मधु जिसी, सचिवमा डुक बहादुर गुरुङ, सहसचिवमा कर्ण बहादुर कुावर, कोषाध्यक्षमा कमला पोख्रेल तथा सदस्यहरुमा मन बहादुर सुनार, प्रदीप तामाङ, शालिक राम शर्मा, शालिक राम न्यौपाने, चित्र बहादुर बोहरा, चन्द्र बहादुर केएम, ज्ञान बहादुर कुावर, पूर्ण बहादुर नेपाली, थर्क बहादुर केसी र हुम बहादुर खड्का रहनु भएको छ । भेलाले सात जना सल्लाहकार समेत चयन गरेको छ, जसमा भरत केसी, ज्ञामुराम न्यौपाने, कृष्ण प्रसाद जैसी, वरुण मल्ल, कमल मल्ल, हिरा बहादुर केसी र सीताराम केसी रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here