राजमो कैलालीद्वारा जनजागरण अभियान घोषणा

0
130

धनगढी । राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला समितिले २०७५ भाद्र ४ गते आठौँ बैठक बसी जिल्लाव्यापी रूपमा जनतालाई सचेत बनाउनका लागि जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

बैठकले सङ्घीयताको कारण प्रदेश तथा स्थानीय सरकारले गरिब जनताको ढाड सेक्ने गरी महङ्गी, भ्रष्टाचार तथा अनुचित करवृद्धि गरेको भन्दै त्यसको विरुद्ध जनताका बीचमा जनजागरण अभियान सञ्चालन गर्न लागेको हो । अभियान अन्तर्गत भाद्र १२ गते टिकापुर, १५ गते जानकी गा.पा, १८ गते लम्कीचुहा, १९ गते गोदावरी, २१ गते गौरिगङ्गा, २५ गते चुरे गा.पा., २६ गते घोडाघोडी र धनगढीमा भेला आयोजना गरेको छ ।

कार्यक्रम पश्चात् मसाल जुलुस, विरोध सभा, कोणसभा हुँदै भाद्र २० गते जानकी गाउँपालिका, २४ गते गोदावरी नगरपालिका र ३० गते धनगढी उपमहानगरपालिका कार्यालय घेराउ गर्ने निर्णय गरिएको राजमो जिल्ला अध्यक्ष लक्षीराम आर्चायले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here