राजमो काठमाडौ सम्मेलन्  भाद्र २३ र २४ गते हुने

0
918
काठमाडौँ । ‘राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ, पाँचौँ काठमाडौँ जिल्ला सम्मेलन सफल पारौ’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा, काठमाडौं जिल्ला सम्मेलन २०७५ साल भाद्र २३ र २४ गते जुलुश सहित भब्यरुपममा सम्पन्न हुने भएको छ ।
           जिल्ला सम्मेलनको बारेमा आवश्यक निर्णय गर्न असार ९ गते बसेको जिल्ला समितिको बैठकले समिर सिहको संयोजकत्वमा २७ सदस्यीय सम्मेलन तयारी समिति समेत बनाइएको जानकारी हुन आएको छ । समितिको अन्य सदस्यहरुमा लालबहादुर थापा, निम बहादुर बुढाथोकी, जगत प्रसाद रेग्मी, भक्त बहादुर वि.क., विष्णु शर्मा, निश्चल श्रेत्री, कमला पौडेल, हेमराज आश्रम, पृथ्वी थापा, राजेन्द्र पुुडाशैनी, प्रेम मोक्तान, छवि खनाल, विनोद फूयाल, रमा शर्मा, लक्ष्मी राई, रोसन दानी, लिला बहादुर जि.सी., केदार दुलाल, मनोहरी वलामी, ऋतु के.सी., हिरा के.सी. रमेश पौडेल, लक्ष्मण देव पाण्डे, चुडामणी भूसाल र हिरा रोका जि.सी. रहेका छन् ।
            साथै समिर सिंहको संयोजकत्वमा ९ सदस्यीय सचिवालय समेत गठन गरिएको छ, जसको सदस्यहरुमा लाल बहादुर थापा, निम बहादुर बुढाथोकी, रमेश पौडेल, जगत प्रसाद रेग्मी, मुक्त बहादुर के.सी., ऋतु के.सी., पृथ्वी थापा र विष्णु शर्मा रहेका छन् ।
         बैठकले जगत प्रसाद रेग्मी संयोजक तथा रोसन दानी सहसंयोजक रहेको  १०१ सदस्यीय प्रचार प्रसार समिति समेत बनाएको छ ।
         बैठकले मुक्त व. के.सी. को संयोजक्तवमा आर्थिक समिति, रमेश पौडेलको संयोजकत्वमा स्वंयमसेवक समिति तथा विष्णु शर्माको संयोजकत्वमा साँस्कृतिक उपसमिति समेत निर्माण गरेको जानकारी हुन आएको छ ।
               सम्मेलन सफल पार्न आषाढ २३ देखी भाद्र १९ गतेसम्म नगर सम्मेलन÷भेला गर्ने बैठकले निर्णय गरेको जसअनुसार अषाढ २३ गते किर्तिपुर, अषाढ ३० गते महानगर,  श्रावण ५ गते टोखा,  श्रावण १२ गते बुढानिलकण्ठ र गोर्कणेश्वर, श्रावण १९ गते तार्केश्वर,  श्रावण २६ गते चन्द्रागिरी,  भाद्र २ गते नार्गाजुन र कागेश्वरी मनोहरा,  भाद्र ९ गते दक्षिणकाली र संखरापुरा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here