राजमोद्वारा राहत वितरण

0
172

खलङ्गा । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयद्वारा बाढीपहिरो पीडितलाई पठाइएको राहत गौमुखी–४ जाडागाउँमा वितरण गरिएको छ । २०७५ भदौ २३ गते वडा कार्यालयमा एक समारोहको आयोजना गरी राहत वितरण गरिएको हो ।

समारोहमा गत साउन २९ गतेको बाढीपहिरोमा परी मृत्यु भएका झग बहादुर सुनारकी श्रीमती कालीदेवी सुनारलाई हजार नगद हस्तान्तरण गरिएको थियो । त्यसैगरी पहिरो पीडित देव बहादुर सुनारलाई दश हजार र रेशम सुनारलाई पनि दश हजार गरी कुल ३५ हजार नगद वितरण गरिएको थियो ।

सो अवसरमा राजमोका जिल्ला प्रतिनिधि धर्म केसी, राजमो गौमुखी–१ का प्रतिनिधि शालिकराम शर्मा र प्युठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here