राजमोद्वारा राहत वितरण सम्पन्न

0
573

भदौ ३१, बाग्लुङ । बडिगाड र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतुरे भीरमा आएको सुख्खा पहिरोका कारण बडिगाड खोला थुनिएर डुवानमा परेका ४ घरपरिवारलाई राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

भाद्र ३१ गतेका दिन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरीस्वर पाण्डे, दुर्गादेवी घर्तिमगर, वडा अध्यक्ष युवराज महतको विशेष उपस्थितिमा गरिएको राहत वितरण कार्यक्रम वडा सदस्य प्रेम चालिसेको सञ्चालन तम बहादुुर घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जिल्ला सदस्य गौरीश्व पाण्डे, दुर्गादेवि घर्ति, वडा अध्यक्ष युवराज महत, वडा सदस्यहरु प्रेम चालीसे, तमबहादुर घर्ति, जमुना खनाल, स्थानिय दिलबहादुर कुमाल, अनबहादुर थापा पत्रकार स्थानिय बासि लगाएतको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष युवराज महतले पानीकोे ताल घटाउनका निम्ती सम्बन्धित निकायमा पहल गर्ने र आफुहरु पीडितको घरमा पुनः आउने प्रतिवद्धता जनाए ।

पीडितलाई दुखको समयमा केहि भएपनि राहत होस् भन्ने उद्देश्यले आफुहरुले राहत उपलब्ध गराएको राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति सदस्य गौरीश्वर पाण्डेले बताए । त्यस्तै जिल्ला सदस्य दुर्गादेवि घर्तिले पिडितको दुखमा मलम लगाउन राष्ट्रिय जनमोर्चा अग्रसर रहेको बताए । पिडित जनताको व्यवस्थापनमा निम्ती स्थानिय सरकारले तत्काल कदम उठाउनु पर्नेमा समेत घर्तिले जोड दिइन् ।

कार्यक्रममा घर डुवानमा परेका कृष्ण कुमाल र देवीराम कुमाललाई जनही ५÷५ हजार र गोठ डुवानमा परेका चुडा बहादुर कुमाल र दुर्गा बहादुर कुमाललाई जनही ३÷३ हजारका दरले नगद रकम हस्तान्तरण गरिएको थियो । पहिरोका कारण थुनिएको खोलाले ढोरपाटन नगरपालिका वडा नं. २ को सिमलचौर र मलकतिवाङमा करिव १२० रोपनी जमिनमा रहेको खेतिपाति नस्ट भएको थियो ।

तुरतुरेको पहिरोका कारण ठुला—ठुला चट्यान नदी किनारमा रहेका कारण पानीको बहाब ओभरफ्लो भएर बगेपनी तालको गहिराई भने धेरै रहेको छ । पानीको सहत तालको रुपमा जमेका कारण ढोरपाटन नगरपालिका २ सिमलचौरका देविराम कुमालको तिनतले घर र एकगोठ पुर्ण रुपमा डुवाएको छ । त्यस्तै नजिकै रहेको कुष्ण कुमालको घर र एक पोल्टि र्फम, चुडाबहादुर कुमालको २ गोठ दुवानमा पर्नुका साथै गोठमा रहेका ३ वटा गोरु दुवानमा परेर मरेका छन् ।

त्यस्तै दुर्गाबहादुर कुमाल एक गोठ दुवानमा परेको हो । त्यसैगरी उनिहरु सहित नेत्र बहादुर कुमाल, विकास कुमाल, दिपक कुमाल, भानसिंह कुमाल, भुवनसिंह कुमाल, जगत कुमाल, डम्बर बहादुर खत्रि, लोकबहादुर खत्रिको धान खेत र बारी गरी सयौँ रोपनी जग्गा दुवानमा परेको हो । त्यस्तै वडीगाड कृर्षि सहकारीद्धारा सञ्चालीत ४ लाख ५० हजार लागत बराबरको बर्षा पम्प बगाएको छ । घर दुवानमा परेको परिवार छिमेकीको आश्रय लिएर बस्न बाध्य भएका छन् । आयोजित कार्यक्रम वडा सदस्य प्रेम चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस घटनाप्रति राष्ट्रिय जनमोर्चा बागलुङले दुःख व्यक्त गर्दै राहत र पूर्न स्थापनाका साथै बन्द रहेको मध्य पहाडि लोकमार्ग तत्काल सञ्चालन गर्नका लागि सम्बन्धि निकायमा माग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here