राजमोद्वारा बुर्तिवाङका वाढीरपहिरो पीडितलाई राहत वितरण

0
702
लोकेन्द्र निरासी/बुर्तिबाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले गत मंगलबार राती अविरल बर्षासंगै आएको बाढी तथा पहिरोका कारण ढोरपाटन नगरपालिका १ र २ का पीडित परिवारलाई एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरेको छ ।
           राहत वितरण कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि ढुंगानाले यस्ता सहयोग तथा राहतमा सरकारको ध्यानाकर्षण गर्न कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
             राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर थापा, कार्यक्रमका बोल्दै प्राकृतिक प्रकोप (बाढी पहिरो) बाट पीडितलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन र विस्थापित परिवारको बसोवासको उचित व्यवस्था अविलम्ब मिलाउन आफ्नो पार्टीले सरकारसँग माग गर्ने बताए । बर्षा याममा जिल्लाका अन्य भूभागमा पनि यस्ता घटनाबाट धनजनको क्षती हुन सक्ने सम्भावनालाई मध्यनजर गरी सजगता अपनाउन समेत सबैलाई अनुरोध गरे ।
              राष्ट्रिय जनमोर्चा बागलुङले यहाँका वाढी तथा पहिरो पीडितहरुलाइृ १ लाख २१ हजार रुपैयाँ वितरण गरेको छ । जस मध्ये ८ जना पूर्ण क्षेति भएकाहरुलाई प्रति घर धुरी ५ हजारका दरले ४० हजार तथा अन्य क्षति भएका २७ जनालाई प्रति घरधुरी ३ हजारका दरले, ८१ हजार रुपैयाा वितरण गरेको छ ।
             राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सदस्य दुर्गादेवी घर्तीको अध्यक्षता रहेको राहत वितरण कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समिति सदस्य गौरीश्वर पाण्डे, ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ७ का वडा अध्यक्ष दीपक थापा लगायत नगरपालिका स्तरका पार्टी कार्यकर्ता एवं पीडितहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नरहरी भुसालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here