राजमोको संघीयता विरुद्ध अयिभानप्रति श्रीगंगानगरबाट ऐक्यवद्धता प्रकट

0
514

श्रीगंगानगर, ३० सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित श्रीगंगानगर नगर समितिले राष्ट्रियताको रक्षार्थ राजमोद्धारा संचालित कर बृद्धिको विरोध तथा संघीयता खारेजीको संघर्षमा ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न पारेको छ ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्णा जीसी, केन्द्रीय सल्लाहकार एंव क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, क्षेत्रीय सदस्य विष्णु न्यौपाने, महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य वसन्ता नेपाली, वाग्मती केसी, कमला खडका, विद्यार्थी अमर नेपाली, विष्णु थापा, रक्तिमका वोमबहादुर, कृष्ण नेपाली, हरि न्यौपाने, समता विभागका प्रेम विक, जनजाति विभागका मिनबहादुर पुन लगायतले मन्तव्य दिनुभएको थियो ।

सेतिया फार्मबाट जगेश्वर न्यौंपाने, पुरानी आवादीबाट कमला खडका, सिटीबाट राम पौडयाल, रिकोबाट मिनबहादुर पुन र जवाहर नगरबाट विष्णु थापा लगायतले भाग सभामा छलफलमा भाग लिनु भएको थियो ।

भेलाले नगर अध्यक्ष गिरुप्रसाद न्यौंपानेको संयोजकत्वमा ४६ सदस्यीय भैलो व्यवस्थापन समिति गठन गरेको छ । जस्माः हुमबहादुर विक, वसन्त भण्डारी, हुकुमबहादुर जीसी, रेशम भण्डारी, त्रिभुवन भट्टराई, हरि प्रसाद न्यौंपाने, वमबहादुर विष्ट, विष्णु विक, विष्णु न्यौपाने, वसन्ता नेपाली, सुनिता भट्टराइ, जगेश्वर न्यौंपाने, चिन्तामणि भट्टराई, प्रेम विक, वालाराम उपाध्याय, कमला खडका, वाग्मती केसी, विष्णु थापा, तेजपाल भण्डारी, अमर नेपाली, गिरीराज भट्टराई, सुखदेव रिजाल, मिनबहादुर पुन, विरु विक, सावित्रा विक, सरस्वता न्यौपाने, सोनु केसी, माधव भंडारी, कल्पना न्यौंपाने, राम प्रसाद पौड्याल, प्रेम विक, अर्जुनसिंह जीसी, बावुराम विक, कमल विक, ओविराम न्यौपाने, रामकुमार रसाईली, गौतम एमसी, मंगल सिंह राउमगर, खडक विक, यमबहादुर थापा, पप्पु नेपाली, भिमबहादुर पुन, ललित पुनमगर, पदम केसी र हरिबहादुर जीसी रहनु भयको छ ।

हुमबहादुर विकको अध्यक्षतामा तथा हुकुमबहादुर जीसीको सञ्चालनबाट अगाडि बढेको सो सभामा विभीन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रती १ मिनेट मौनधारण पश्चात वालाराम उपाध्यक्ष तथा रक्तिमका कलाकारले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here