राजनीतिक पार्टीहरुले सत्ताको दूरुपयोग गर्नुले नै नेपाली जनताको अवस्था भयावह बन्दै गएको छ : केसी

0
427
रेशम रोका मगर/दोहा कतार
दोहा । कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यको क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उप–प्रधानमन्त्री एबम नेपाली जनताका लोकप्रिय नेता कमरेड चित्रबहादुर केसीले देशमा संघीयता खारेज नभए देश सखाप हुने बताउनु भयो ।
           “राजनीतिक पार्टीहरुले सत्तामा पुगि सकेपछि सत्ताको दूरुपयोग गर्दै आफ्नो निहित स्वार्थमा लाग्नुले नै नेपाली जनताको विगँ्रदो अभवस्था भएको हो ।” केसी भन्नु भयो– “सत्ताको उपयोग पहिला आफूलाई, त्यस पछि आफ्नालाई र त्यस पछि आफ्नो पार्टीलाई गरि भागबंडा गर्ने काम राजनीतिक पार्टीहरुले गर्दै आएको हामीले देख्यौं ।” वहाँले थप्नु भयो– “न्यायपालिकाको उच्च पदको समेत भागबंडा हुनुले नेपाली जनताले न्यायको आश कहाँ लगाउने ?” केसीले प्रश्न समेत गर्नु भयो ।
           कतारको दोहा नज्मास्थित शालिमार होटलको सभाहलमा प्रवासी श्रमिक नेपालीहरूको उत्साहजनक उपस्थितिका बीच भव्य समारोहमा २०७५ भदौ ५ गते (२१ अगस्त २०१८) का दिन राजमो अध्यक्ष के.सी.ले सो सम्मेलनको उद्घाटन गर्नुभएको हो । “राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजीविकाका लागि हाम्रो अभियान, प्रवासी नेपाली श्रमिकहरूको हकहित र अधिकारका पक्षमा पाँचौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ सो सम्मेलन आयोजना गरिएको थियो ।
           सम्मेलनको अध्यक्षता समाजका अध्यक्ष लुमाकान्त पुनले गर्नु भएको थियो । सहिदहरुको सम्झना गर्दै एक मिनेट मौनधारण पछि भने उक्त कार्यक्रममा सबै उपस्थिति जनसमुदायहरुलाई सचिब बिष्णु थापाको स्वागत मन्तब्य र रक्तिमका कलाकारहरुबाट स्वागत गितद्वारा स्वागत गरेका थिए ।
             सम्मेलनमा कतार नेपाली एकता समाजका पुर्ब अध्यक्ष टुकनाथ शर्मा, समाजका प्रथम उपाध्यक्ष हेमन्त वाइबा, समाजका कोषाध्यक्ष धन बहादुर परियार, अखिल नेपाल युबक संघ राष्ट्रिय परिषद सदस्य सुशिला पराजुलीको आतिथ्यता रहेको थियो ।
              त्यस्तै अन्य राजनैतिक संघ संस्थाहरुको तर्फबाट रकम ध्वज राई, चाणक्य पोख्रेल, केदार भुसाल, तेज कटुवाल पत्रकार गणेश बन्जाडे, दिल रानाभाट, सन्तोष क्षेत्रीको पनि आतिथ्यता रहेको थियो ।
               विभिन्न जिल्ला संस्थाहरुबाट डिल्लि भट्टराई, रबिन थापा, चिन्तामनी  पौडेल, नियम भुजेल, बिष्णु श्रेष्ठ, सागर पौडेल, ठाकुर परियार, कृष्ण बराल, नन्द प्रसाद ढुंगाना, खडानन्द बास्कोटा, शिव बुढाथोकी, बसन्ताराज पुरी, पेम्बा घलान, झपेन्द्र आचार्य, पदम गिरी, रमेश पौडेल, धनन्ज्य लम्साल, रामजी खत्री, बिश्वबन्दु थापा, धर्म बिश्वकर्मा र निरज नेपालले पनित सम्मेलनमा आतिथ्यता गर्नु भएको थियो ।
                सम्मेलन पुर्ण सफलताको लागि अन्र्तराष्ट्रिय नेपाली एकता समाज, ओमन नेपाली एकता समाज, हंकङ नेपाली एकता, समाज कुवेत नेपाली एकता समाज, युरोप नेपाली एकता समाज, दक्षिण कोरिया नेपाली एकता समाज, स्पेन नेपाली एकता समाज लगायलले शुभकामना पठाएका थिए ।
                   सो अवसरमा नेपाली जनप्रगती मञ्च परित्याग गरि कतार नेपाली एकता समाजमा प्रवेश गर्दै रोजिना बास्तोलाले एकता समाज साच्चिकै देश, रास्ट्र र जनताको न्याय दिने भएको हुँदा प्रवेश गरेको खुलाउनु भयो चित्र बहादुर केसीले खादा ओढाउँदै लुमाकान्त पुनले सदस्यता हस्तान्तरण गर्नु भएको थियो ।
                 कार्यक्रम सञ्चालन समाजका महासचिव खिम बहादुर बुढाले गर्नु भएको थियो । रक्तिम परिवारले बेजोड साँस्कृतिक कार्यक्रम प्रस्तुती दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here