राजनीतिका पार्टी, संघसंस्था र विभिन्न विषयका विदहरुले एउटै मञ्चबाट विरोध गर्ने

0
172
१३ भदौ, काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेक २०७५” राष्ट्रिय हित विपरित भएको भन्दै त्यसका विरुद्ध संघर्षलाई प्रभावकारी बनाउन विभिन्न वामपन्थी बृत्तका राजनीतिक पार्टीहरु र विभिन्न विषयहरु सम्बन्धित विदहरु एवं पत्रकार, साहित्यकार सहितको संयुक्त बैठक सम्पन्न भएको छ । बैठक पछि नेपाल कम्यूनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्ती मार्फत सो जानकारी हुन आएको हो ।
                      बैठकले नागरिकताको सम्बन्धमा छिटै राजधानी काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न पार्ने सिंहले विज्ञप्तीमा जनाउनु भएको छ । उक्त विज्ञप्तीमा उल्लेख भए अनुसार जनमत तयार पार्न प्रयत्न गर्ने, तराईमा जनचेता उठाउन प्रयत्न गर्ने लगायतका कैयौं महत्वपूर्ण निर्णय भएको उल्लेख छ ।
                   सर्वोच्च अदालतका पूर्व रजिष्टार श्री श्रीप्रसाद पण्डितको संयोजकत्वमा विभिन्न राजनीतिक पार्टी, संघसंस्था, लागायत विभिन्न विषयहरुका विदहरु समेतको संयुक्त समन्वय समिति गठन भएको महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
विज्ञप्तीको पूर्णपाठ:
                     “नेपाल नागरिकता ऐन २०६३लाई संशोधन गर्न बनेको विधेयक २०७५” राष्ट्रिय हित विपरित भएकाले त्यसका विरुद्ध संघर्षलाई प्रभावकारी बनाउन आज ने.क.पा. (मसाल), ने.क.पा. (क्रान्तिकारी माओवादी), ने.क.पा. (माले), राष्ट्रिय जनमोर्चा, ने.क.पा., राष्ट्रिय जागरण परिषद्, नेपालका प्रतिनिधिहरू, संविधानविद्, कानूनविद्, इतिहास विद्, सीमाविद्, जलसोत विद्, परराष्ट्रविद्, पत्रकार, साहित्यकार आदि सहितको आज मिति २०७५ भाद्र १३ गते संयुक्त बैठक बस्यो ।
                      बैठकले नागरिकताको सम्बन्धमा छिटै काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने, जनस्तरमा प्रचारात्मक कार्यक्रम बढाएर जनमत तयार पार्न प्रयत्न गर्ने, तराईमा पनि जनचेतना उठाउन प्रयत्न गर्ने, अपील प्रकाशन गर्ने आदि समेत निर्णयहरू गरेको छ । उक्त कार्यक्रम सञ्चालन गर्नको लागि सर्वोच्च अदालतका पूर्व रजिष्टार श्री श्रीप्रसाद पण्डितको संयोजकत्वमा विभिन्न राजनीतिक पार्टी, संघ संस्था तथा संविधान विद्, कानूनविद्, सिमाविद्, परराष्ट्रविद्, पत्रकार, इतिहासविद् आदि समेतको संयुक्त समन्वय समितिको गठन भएको छ । यसले छिटै बैठक गरेर आफ्नो आगामी कार्यक्रम निश्चित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here