राजदुत शेर्पाद्वारा नयाँवर्ष २०२० को भित्तेपात्रो विमोचन

0
177
बार्सिलोना । प्रवासी नेपाली एकता मञ्च स्पेनले नयाँ वर्ष २०२० को भित्तेपात्रो सार्वजनिक गरेको छ । सोमबार मञ्चद्वारा बार्सिलोनामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि स्पेनका लागि नवनियुक्त महामहिम राजदुत दावा फुटी शेर्पाले उक्त भित्तेपात्रोको विमोचन गर्नुभएको थियो । साथै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्देश्यले भ्रमण वर्षको लोगो सहितको टिर्सट पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा एनआएनए अन्तराष्ट्रिय समन्वय परिषद यूरोप उपसंयोजक मुक्त गुरुङ, आइसिसि सदस्य चिन्तामणी सापकोटा, प्रवासी नेपाली संघका वरिष्ट नेता गंगा भुसाल एनआएनए राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष देउकाजी गुरुङलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हेम कुमार शेर्पा र स्वागत अर्जुन आचार्यले गर्नुभएको थियो भने संचालन महासचिव अशोक किरण न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here