राजतन्त्र फर्काउन राप्रपाको एकीकरणको खेल शुरु : चित्रबहादुर केसी

0
453

माघ २८, पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु बीच राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्र हटाएर राजतन्त्र फर्काउने चलखेलमा काँग्रेस अघोषित रुपमा सहमत भइसकेको बताउनु भएको छ ।

“हिन्दु राज्यसहितको राजतन्त्र फर्काउन नेपाली काँग्रेस सहमत भइसकेको, राजतन्त्र फर्काउने विषयमा राप्रपामा एकीकरण सुरु भएको र छिमेकी देशको सत्तासिन पार्टीले विभिन्न गतिविधि मार्फत राजतन्त्र फर्काउने चलखेल सुरु गरेको छ ।” केसीले भन्नु भयो– “तर राजनीतिक दलले गल्ती गर्दैमा गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन ।” यसका लागि सबै जनता सचेत हुनका लागि केसीले आग्रह गर्नुभएको थियो ।

दुईतिहाईको वामपन्थी सरकार भए पनि जनताको अपेक्षा र चाहना अनुसार काम गर्न नसकेको, भष्ट्राचार बढेको, शुसासन कायम हुन नसकेको, महंगी बढेकाले जनता सकारप्रति रुष्ट बन्दैगएको नेता केसीको भनाइ थियो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता केसीले नेपालजस्तो सानो मुलुलको लागि संघीयता अभिषाप रहेको दोहोर्याउनु भयो । साथै संघीयताकै कारण देशको अर्थतन्त्र ओरालो लागेको, जनताको ढाड भाँच्ने गरी कर बढेको, सिंहदरबारमा मात्र हुने भष्ट्राचार, प्रदेश र स्थानीय तहमा सरेको भन्दै संघीयता खारेज नभए कुनै दिन संघीयताकै कारणले देश नै खारेज हुने पिडादायी अवस्था आउने केसीको चेतावनी छ ।

अन्नपूर्णपोष्टबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here