रहेनन् शिक्षक एवं समाजसेवी मिमबहादुर श्रीस

0
575

बैशाख १७, बाग्लुङ । जैमिनी नगरपालिका १० राङ्खानीका मिमबहादुर श्रीस अन्ततः रोगसँग लड्दा लड्दै रोगले जित्यो उनी हारे । जिवित रहन सकेनन् । विगत माघ महिनादेखी छाला सम्बन्धी रोगबाट पीडित उनको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको थियो । उनको उपचारको क्रममा बैशाख १६ गते निधन भएको हो ।

समाजमा सबैको प्रिय मिमबहादुर एक कुशल शिक्षक एवं असल समाजसेवी थिए । उनको निधनले परिवार मात्र होईन पुरै गाउँ शोकमग्न भएको छ । सामाजिक परिवर्तन र प्रगतिशील रुपान्तरणको निम्ति सदैव अग्रसर मिमबहादुरको निधनले सिंगो बाग्लुङ जिल्ला स्तव्ध भएको भन्दै राष्ट्रिय जनमोर्चाका युवा नेता एवं जिल्ला समन्वय समिति बाग्लुङका संयोजक राजेन्द्र ढुंगानाले श्रीसको निधनले जिल्लाले एक कर्तव्यनिष्ठ, ईमान्दार, कुशल एवं सक्षम ब्यक्तित्व गुमाएको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here