रङ्गबिहिन अस्थिपन्जर

0
340

सुमन थापा

पुर्णकदको
अस्थिपन्जरमा
कोहि रङ्ग भर्न ..
तम्तयार उँभिदै गर्दा
पुर्ण सोँच तयार नहुदै…

लालिगुराँसको सुनौलो रङ्ग देखाउँदै
लोभ्याउने लाली ओठमा
म स्थिर एउटा मुर्ती बनिरहे
रङ्ग भर्न दिई रहे..

तर..
किन अल्मलियौ?
रङ्ग भर्न किन अधुरै रह्यौ
मेरो अस्थिपन्जर …
एउटा चित्र रेखामा
सिमित बन्यो ।

एउटा बन्धन भित्र
सिंदुरे जात्रा बनाई ….
बिच चोकमा
एउटा मुर्ती बनाई
तिम्रा मिठा वचन….
कर्तव्यनिष्ठ पाईलाहरु….
डगमगाउनु थियो भने
रङ्ग भर्ने साहस नगर्नु थियो ।

म कुनै हलचल बिना
निस्प्राण रङ्ग को प्रतीक्षा
गर्दै रहे…
थाहा नै हुन छाड्यो
एउटा मुर्ती चलमलाउँछ
या मुर्तिवत बनी रहन्छ?

एउटा चित्र रेखा पनि
सजिब रङ्ग हरुले रङ्गिदा
बोल्न थाल्छ…
मनको भाषा
गुनगुनाउन थाल्छ…
परेली भित्रै बास बस्ने
साहस बटुल्दै….
अधर चुम्दै …..
सिमलको भुवासरी…
निलगगनमा लहराउँदै
आफ्नो खुसी प्रकट गर्न थाल्छ।

मेरो चित्र रेखा
कुचिकारको रङ्ग अनि ब्रश
को पर्खाइमा ….
हृदय भित्रको चाहना
नयनको परेली भित्र
बन्धित राख्न ..
मुटुको जेलमा
कैद गराउन …
सधै अधुरै बनिरहँदा
सदा फुलस्केप मै बाँच्न चाहिरह्यो ।
सदा फुलस्केप मै बाँच्न चाहिरह्यो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here