रक्तिम सांस्कृतिक अभियान कास्कीको भेला सम्पन्न

0
206

उर्मिला पुन मगर
कास्की

रक्तिम सांस्कृतिक अभियान जिल्ला समिती कास्कीको भेला शनिबार राष्ट्रिय जनमोर्चा कास्कीको कार्यलयमा सम्पन्न भएको छ ।

भेलाले प्रेम बिक को अध्यक्षतामा ९ सदस्यीय रक्तिम सांस्कृतिक अभियान जिल्ला समिती कास्की चयन गरेको छ।जसको उपाध्यक्ष सचिब सहसचिव र कोषाध्यक्षमा कम्रश शेर बहादुर बुढा सुजन थापा लक्ष्मी अर्गेजा युमाया थापा र अन्य सदस्यहरुमा उर्मिला पुन ,किरण बुढा ,प्रगती रेग्मी, नमुना श्रिष सल्लाहकारमा दिलेन्द्र बुढा रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (मसाल) कास्कीका प्रवक्ता चन्द्र बहादुर केसीले रक्तिम अभियानले गित सङ्गीतको माध्यमबाट पार्टीको बिचार जनता माझ लगेको भन्दै थप शशक्त रुपमा सङ्गठन निर्माण र परिचालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रबिमोहन ढकालले संसारको जुनसुकै शासकले पनी आफ्नो सत्ता लम्ब्याउन गित सङ्गीत र कलाकारको प्रयोग गरेको स्मरण गराउँदै हजारौ पत्र पत्रिका र बैचारिक बहसले पनी सचेत गराऊन नसकेका जनतालाई गित सङ्गीतको माध्यमबाट रक्तिम अभियानले सचेत बनाएको र अझ प्रभावकारी रुपमा आफ्नो भुमिका बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एबम जिल्ला अध्यक्ष बिक्रम थापा अखिल (छैठौं ) केन्द्रीय सदस्य एबम बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे अन्टुकका केन्द्रीय सदस्य नाम ब बाठा मगर लगायतले बोल्नुभएको थियो ।

रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य दान ब सारुले निर्वाचित समितिलाई बधाई दिनु भएको थियो । भने कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका पुर्व केन्द्रिय सदस्य बिमल पाण्डे युवक संघका लक्ष्मण ढुंगाना लगायतकोउपस्थिति रहेको थियो ।

रक्तिम सांस्कृतिक अभियान कास्कीका कार्यबहाक अध्यक्ष प्रेम बि क को अध्यक्षता कोषाध्यक्ष दिलेन्द्र बुढाको सन्चालन र सेर ब बुढाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here