रक्तिम सांस्कृतिक अभियान कास्कीको प्रथम सम्मेलन सम्पन्न

0
418

इन्द्रमणी पाण्डे

कास्की । राष्ट्रियता र नौलो जनवादी क्रान्तिको पक्षमा हाम्रो आन्दोलन जनबादी संस्कृतीको निर्माण र बिकाशका लागि प्रथम जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ रक्तिम साँस्कृतिक अभियान जिल्ला समिति कास्कीको प्रथम सम्मेलन शनिबार जिल्ला अध्यक्ष बिमल पाण्डेको अध्यक्षतामा र केन्द्रीयकोषाध्यक्ष भरत श्रेष्ठको प्रमूख आतिथ्यता सम्पन्न भएको छ ।

कार्यक्रममा बैल्दै प्रमुख अतिथि श्रेष्ठले बुर्जुवा साँस्कृतिको बिरूद्ध संघर्ष गर्दै सर्बहारा साँस्कृतिक चेतना जगाउनु रक्तिम साँस्कृतिक अभियानको मुख्य दायित्व भएको बताए । सबैलाई प्रगतिशील गित सङ्गीत तथा साहित्य तर्फ ध्यान दिन समेत श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा साहित्य श्रृङ्खला पोखराका अध्यक्ष लोकनाथ पुडासैनी, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रबिमोहन ढकाल, सङ्गम साँस्कृतिक मन्चका सचिब बिकास लुङ्गेली, अखिल नेपाल बुद्धीजिबी संघका जिल्ला अध्यक्ष प्रबिण पौडेल, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष बिक्रम थापा, अखिल (छैठौं)का जिल्ला अध्यक्ष दानु सारु, नेकपा (मसाल) कास्कीका प्रबक्ता चन्द्र बहादुर केसी, अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष जमुना केसी, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला अध्यक्ष मोहन थापा, प्रध्यापक डाक्टर अर्जुन प्रसाद बास्तोला, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका जिल्ला अध्यक्ष सन्तोष पौडेल, राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिकाका अध्यक्ष बिष्णु पुरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको स्वागत रक्तिम कास्कीको सदस्य प्रेम बिक र सञ्चालन सचिब दिपा थापाले गरेका थिए । जिल्ला भरका बिभिन्न स्थानबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूले बिमल पाण्डेको अध्यक्षतामा नौ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्ष, सचिब, सहसचिव र कोषाध्यक्षमा र अन्य सदस्यहरु क्रमशः प्रेम बिक, दिपा थापा, सुजन थापा, डिलेन्द बुढा, धनमाया बुढाथोकी, मुना बुढाथोकी, मुना बराल र युमाया थापा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here