रक्तिम–यात्रा : जिन्दगीको गहन अनुभूति

0
509
  • जीवन शर्मा

ठूला ठूला ढुङ्गे बान्ना उधिनेर तामाका टुसा बाहिर निस्केका हुन्छन् । नेपाली साहित्य र कलाको हालत पनि प्रायः त्यस्तै देखिन्छ । घर–परिवार, समाज, प्रशासन, राज्यको अवरोध, अनि त्यैमाथि आर्थिक समस्या लगायतका अनेकौँ बाधा–व्यवधानलाई चिर्दै एउटा कृति बाहिर निस्कन्छ । त्यसलाई जनसमक्ष पुराउन लेखकले फेरि त्यत्तिकै सङ्घर्ष झेल्नु परी रहेको हुन्छ । डिजिटल प्रविधिबाट प्रसारित सामग्रीहरुले घरघरमा डेरा जमाई रहेको यो जमानामा किताब किनेर पढ्ने पाठकको सङ्ख्या पनि अति दुर्लभ हुँदै गएको छ । यस्तो परिवेशमा पुस्तक तयार पारेर पाठक समक्ष पुराउनु भनेको ठुलो साहसिक काम हो । यस्तै यस्तै यथार्थ सङ्घर्षको बीचबाट नेपाली साहित्यिक आकासमा नयाँ पाना भन्दै नारायण शर्माद्वारा लिखित आफ्नै जिन्दगीका विभिन्न आयाम र अवधधिका अनुभवहरु समेटिएको कृति “रक्तिम–यात्रा” प्रकाशित भएको छ । यो मूलभूत रूपमा यात्रा संस्मरण हो । तर त्यतिमा मात्र यो सीमित छैन, त्यस वरिपरिका थुप्रै विधाहरुमा समेत यो पोखिन गएको छ । यसले नेपाली समाजका विभिन्न कालखण्ड र परिवेशका विविध पाटाहरुको वास्तविकता बोकेको छ ।        नेपाली साहित्यिक जगतमा छुट्टै विशेषता बोकेर उठ्न प्रयासरत साहसी जन सांस्कृतिककर्मी हुन्, नारायण शर्मा । उनी मुख्य गरेर दुईवटा आयामका धनी छन् ः रक्तिम सांस्कृतिक अभियानको अभियन्ताका रुपमा र हाँक साप्ताहिक लगायत पत्रिकाका सम्पादक या पत्रकारको रुपमा । पहिलो आयाम उनको व्यक्तित्व विकासको प्रारम्भिक आधारशीला हो । रक्तिम सांस्कृतिक अभियानको रङ्गमञ्चका उनी प्रतिभासम्पन्न, सक्रिय र प्रभावशाली पात्र हुन् । जीवनको यस पाटोमा उनले रक्तिम सांस्कृतिक अभियानद्वारा तयार पारिएका गीत–सङ्गीत र नाटकहरुमा आफ्नो विभिन्न प्रकारको भूमिका निर्वाह गरेका छन् । उनी आफैले पनि व्यङ्ग्यात्मक गीत र प्यारोडी तयार पारेर गाउँदै, नाच्दै हिड्ने गरेका छन् । यसै सिलसिलामा उनी देश–विदेशका विभिन्न भागमा पुगेर प्राप्त गरेका अनेकौँ अनुभवका खजाना यस कृतिमा समाविष्ट छन । सिद्धान्त, विचार र राजनीतिको आलोकमा उनले आफ्नो सांस्कृतिक जीवनको सङ्घर्षमय यात्रा अघि बढाई रहेका छन् भन्ने कुरा यसभित्रका सामग्रीबाट प्रष्ट हुन आउँछ । समाजवादी यथार्थवादी सौन्दर्य उनको आस्थाको दर्शन हो । यही फाँटमा उनी उदाए, हुर्के र यसैमा सङ्घर्षरत छन् । आफ्नो आस्थाका लागि मरी मेट्ने सङ्कल्पका साथ अघि बढ्दा सिर्जना भएका सङ्घर्षका वास्तविक कथा र जीवनका व्यथाको दस्तावेज हो यो “रक्तिम–यात्रा” । दोस्रो काल भनेको तुलनात्मक रुपमा बढी परिपक्व र साहित्यिक अभ्यासको काल हो । दोस्रो कालमा उनले विभिन्न पत्रिकाहरुमा दिइएको जिम्मेवारी अनुरुप आफनो पत्रकारको दायित्व निर्वाह गर्दै अघि बढी रहेका छन् । यसै सिलसिलामा उनले विभिन्न पत्रपत्रिकामा आफ्ना लेख÷रचना र यात्राका अनुभवहरु प्रकाशित पनि गर्दै आएका छन् । यसले उनको साहित्यिक विकासको अभ्यासमा महङ्खवपूर्ण अवसर प्रदान ग¥यो । जुनसुकै समय, जेसुकै रुपमा र स्थानमा भए पनि मूलभूत रुपमा उनी सांस्कृतिक क्षेत्रका अथक यात्री हुन ।               मैले चिनेको दिनदेखि यो भूमिका तयार हुने क्षणसम्म नारायण शर्मा नेपाली जनता र विशेष गरी सर्वहारा वर्गीय आन्दोलनका लागि सांस्कृतिक फाँटबाट अनवरत रुपमा समर्पित छन् । विशेष गरेर अभिनय कलाबाट रक्तिम अभियानमार्फत् जनतामाझ लोकप्रिय बन्दै गएर उनले पछि आफ्नो जिम्मेवारीलाई पत्रकारका रुपमा थप फराकिलो पारेका हुन । रारा नेपालको नामबाट लेखिएका उनका ब्यङ्ग्यात्मक गीत र लेख÷रचनाले पनि सामाजिक यथार्थलाई प्रतिबिम्बित गर्ने र विकृति–विसङ्गतिका विरुद्ध तिखो प्रहार गर्ने गरेका छन् । उनका यी सबै रचना र यात्राका संस्मरणहरु मूलतः मजदुर, किसान र सर्वहारा वर्गको मुक्तिका निम्ति अघि बढ्दै जाँदा स्वाभाविक रुपमा उत्पन्न भएका सङ्घर्षका कथा र जीवनका व्यथा हुन् ।

             औपचारिक डिग्री, जागिर, आयआर्जनका पेशा र व्यक्तिगत जीवनका सुख, समृद्धिका यावत सम्भावनाहरुलाई उनले सामाजिक परिवर्तन र आफ्नो आस्थाका नाममा समर्पित गरी दिए । यसै क्रममा आफ्नो सङ्घर्षमय जीवनका अनुभवको सङ्गालो यो “रक्तिम–यात्रा” नाम लिएर जन समक्ष आएको छ । सरसर्ती हेर्दा यो नियात्रा जस्तो देखिन्छ । देश–विदेश घुम्दाका अनुभव र घटनाक्रमहरुको विवरण यसभित्रको मुख्य पक्ष रहन गएको छ । जीवनको उत्तरार्धको सङ्घारतिर सर्कदै गर्दा उनको यो सङ्गालो प्रकाशित भएको छ । यसमा जिन्दगीको लामो भोगाइहरुको गहन अनुभूति छिपेको छ । यो उनका जीवनका भोगाइका सम्झनाको अभिलेख हो भन्ने कुरा यसभित्रको सूचीकृत १६ वटा शीर्षकहरु मात्र हेर्दा पनि थाहा लाग्छ ।            रक्तिम सांस्कृतिक अभियानले विभिन्न कालखण्डमा चलाएका सांस्कृतिक गतिविधिको सेरोफेरोमा रहेर यो कृति तयार भएको छ । विशेष गरेर २०५३ सालदेखि उनको सांस्कृतिक यात्रा घनीभूत रुपमा देशव्यापी हुँदै गएको देखिन्छ । लेखकका शब्दमा “इतिहासले लत्याएको कलाको क्रान्तिकारी कडीलाई पक्रेर” उनले रक्तिम सांस्कृतिक अभियान को यात्रामा आफूलाई समाहित गरे । सिंहदरबारभित्रबाट जनता र राष्ट्रका विरुद्ध हुने षडयन्त्रका विरुद्ध सडक नाटक मार्फत् जनचेतना अभिवृद्धि गर्ने अभिप्रायले घर–परिवारका सपना थाति राखेर देशाटनमा निस्केको कुराको वर्णन छ, सुरुका पानाहरुमा । सम्पूर्ण लेख÷रचना र संस्मरणहरु पूर्ण रुपमा सत्य तथ्यमाथि आधारित छन् । सबै कुराहरु भए÷घटेका यथार्थ घटना, विवरण र विचारमा आधारित छन् ।
बाग्लुङ
तिम्रो वीरताको गाथा
म कसरी लेखूँ
म अलमल छु
तर पनि कलम चलाई रहेछु
सगरमाथा जस्तै तिम्रो अडिगपनको
अभिव्यक्ति दिने मसँग शब्द छैन
तर पनि लेखी रहेछु ।

             यो यात्रा संस्मरणमा मूलतः गद्यात्मक लेखहरु भएता पनि माथि उल्लेख भए जस्ता कतै कतै यसमा पद्यात्मक संस्मरणहरु पनि समावेश गरिएको छ । यसबाट लेखकको काव्यात्मक प्रतिभाको पनि राम्रो छनक पाइन्छ ।       नारायण शर्मासँग मेरो यात्रा ५० को दशकको प्रारम्भदेखि अविक्षिन्न रूपमा सँगै अघि बढी रहेको छ । देशभित्र तराईको फाँटदेखि हिमालका काखसम्म, मेचीदेखि महाकालीसम्म हामी रक्तिमका गीत, नाच र नाटक लिएर हिडेका सांस्कृतिक यात्राका अनगिन्ती दृष्यहरु मनभरि छरिएका छन् । देश बाहिर भारतका ताजमहल, दुबईको बुर्ज खलिफा र जापानको स्काई टावर जस्ता आश्चर्यजनक मानव निर्मित सौन्दर्यका प्रतीकहरु सँगै घुमेका सम्झनाहरु पनि ताजै छन् । ती सबै संस्मरणहरु यस पुस्तकमा कलात्मक रूपले प्रस्तुत गरिएका छन् ।

             रक्तिम सांस्कृतिक अभियानको इतिहासमा देखा परेका उहापोहका चित्र पनि यसमा स्पष्ट देखा परेका छन् । विशेष गरेर पाँचाँै दशकमा पैदा भएको नेतृत्वको वैचारिक विचलनको चर्चा पनि यसमा गहन प्रकारले उठाइएको छ । “जब हिउँदमा रुखका पातहरु सुक्ने गर्छन…….. तेज गतिले बढाइए रहेका छौँ” यसले लेखकमा भएको वैचारिक अडान र लक्ष्यप्रतिको दृढताको स्तरलाई प्रष्टाउँछ ।            यसभित्र प्रकृतिप्रतिको लेखकको सौन्दर्य चेतना घनीभूत भएर उठेको देखिन्छ । ठाउँठाउँमा उनी प्रकृतिसँग खेल्दै, हास्दै र बोल्दै हिडेका छन् । उनी माछापुच्छ«े हिमालसँग यसरी वार्तालाप गर्छन्– “….माछापुच्छ«े तिम्रो अडिगपनबाट हामीले यो राष्ट्र बचाउनका लागि ठुलो सन्देश पाएका छौँ र सङ्घर्षको मैदानमा तिम्रो अस्तित्वको रक्षाका लागि आफ्नो ज्यानलाई कुर्बान गर्न पनि पछि हट्ने छैनौँ ।” वर्गीय चेतनाको प्रगाढता पनि यसमा उच्च रूपमा अभिव्यक्त छ । किसान, मजदुर, महिला र युवाहरुका समस्या पनि त्यत्तिकै संवेदनशील छ । एक जना गाउँले बृद्ध नर बहादुर थापासँगको अन्तरवार्ता यसमा निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ । बच्चादेखि बृद्धसम्मका समस्याहरु यहाँ कलात्मक शैलैमा उल्लेख भएका छन् ।

             यात्रा संस्मरण विधा कस्तो हुनु पर्ने ? त्यसमा हुनु पर्ने तत्व र अवयवहरु मिलेका छन् कि छैनन् ? यसको लेखन स्तर र शैलीको मापन गर्ने काम समीक्षक÷समालोचकहरुको हो । त्यो छुट्टै मूल्याङ्कनको विषय हो । तर समग्रमा यो कृति नेपाली पाठकका लागि एउटा पठनीय सामग्रीको रूपमा उपस्थित भएको छ । नारायण शर्माको भावी लेखकीय जीवन यात्राको थप प्रगति र सफलताको कामना गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here