रक्तिम बाँकेको वनभोज कार्यक्रम सम्पन्न

0
172

कोहलपुर, बैसाख । रक्तिम सांस्कृतिक अभियान बाँकेको आयोजनामा गाभरमा सनिबार वनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त वनभोज कार्यक्रम रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष मानबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले हाम्रो सांस्कृतिक आन्दोलनले कम्युनिस्ट आन्दोलन अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै नेपालको सांस्कृतिक आन्दोलनमा रक्तिमको अग्रणी भुमिका रहेको बताउनु भयो । यो वनभोज कार्यक्रम कुनै अन्य उद्देश्य राखेर आयोजना नगरिएको बताउदै विशुद्ध भेटघाट र रमाइलोको लागि आयोजना गरिएको समेत बताउनु भयो।

कार्यक्रममा अतिथिको रूपमा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगि र प्रगतिशील पत्रकार संघका केन्द्रिय सल्लाहकार शशिधर भण्डारीले प्रगतिशील साँस्कृतिक आन्दोलनको बारेमा सामान्य प्रशिक्षण मन्तव्य दिनु भएको थियो । कार्यक्रमको बीच बीचमा रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्मा, रक्तिम कैलाली अध्यक्ष लक्ष्मी रिजाल र स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रीय सदस्य परशुराम लामिछाने, प्रगतिशील पत्रकार संघ केन्द्रिय सदस्य तथा बाँके का. बा. जिल्ला अध्यक्ष विनोद पौडेल, राष्ट्रिय जनमोर्चा बाँके जिल्ला अध्यक्ष गुणनिधी आचार्य, अखिल नेपाल महिला संघ सचीव शर्मिला लामिछाने, अखिल नेपाल शिक्षक संघ अध्यक्ष बुद्धि बन्जाडे, जातीय समता समाज उपाध्यक्ष रेखिराम विक, महिला नेत्री लिलामाया लामिछाने र बयोवृद्ध नेता ॠषिराम लामिछानेको समेत आतिथ्यता रहेको थियो ।

करिब डेढ सयको सहभागिता रहेको उक्त कार्यक्रम रक्तिम साँस्कृतिक अभियानका जिल्ला संयोजक शरद लामिछानेको अध्यक्षता, जिल्ला सदस्य ईश्वर पाण्डेको स्वागत र राष्ट्रिय जनमोर्चा बाँके पुर्व अध्यक्ष गौरीलाल कार्कीको संचालन बाट अघि बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here