रक्तिमको वडा भेला सम्पन्न

0
171

बागलुङ । रक्तिम सांस्कृतिक अभियान दुदिलाभाटीको भेला दुदिलाभाटीको च्यानडाडामा सम्पन्न भएको छ । रक्तिम सास्कृतिक अभियानका केन्द्रीय सचिव दल बहादुर विकको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।

भेलाले करिष्मा कुावरको अध्यक्षतामा एक स्थान रिक्त सहित ११ सदस्यीय रक्तिम सांस्कृतिक अभियानको वडा समिति दुदिलाभाटी गठन भएको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा रोशनी भण्डारी, नबिना बुढाथोकी, सँगर नेपाली, प्रकृति बुढाथोकी, शोभा कार्की, सुजन बुढाथोकी, मुना बुढाथोकी र किरण राना रहनु भएको छ ।

भेलामा राजमो गल्कोट नगरपालिकाका सचिव लाल बहादुर राना, राजमो दुदिलाभाटीका अध्यक्ष तिल बहादुर गुरुङ, सचिव पूर्ण बहादुर खत्री, राजमो दुदिलाभाटीका भूतपूर्व अध्यक्ष नर बहादुर कुावर, दुदिलाभाटी वडाका वडा सदस्य तुल बहादुर खत्री, दुर्गा पुन, रक्तिम सांस्कृतिक अभियानका कलाकार माया पुन, प्रतिभा शर्मा र केशव रानाको पनि आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here