रक्तिमका अध्यक्ष रानाको नयाँ गीत सार्वजनिक(अडियो सहित)

0
100

काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाद्वारा रचना संगीत गरिएको नयाँ कौडा गीत हालै सार्वनिक भएको छ ।
‘गणतन्त्र झुल्कियो जनताको तागतले,
जोगाउनु छ कुनै हालतले’
बोलको सुमधुर कौडा गीतको अडियो युट्युबमार्फत सार्वजनिक भएको हो ।

गीतको रचना तथा संगीत रक्तिमका अध्यक्ष रेम रानाले गर्नुभएको छ । गीतमा कलाकार नवीन बस्याल र शन्ध्या सुनारको स्वर रहेको छ । संगीत संयोजन सौगत साएरले गर्नुभएको छ

सुनीरहूँ लाग्ने रक्तिमको कौडा गीत चाँडै नै जनजिब्रोमा झुण्डिने खालको छ भने गीतले गणतन्त्र र राष्ट्रियता रक्षाका लागि सन्देशसमेत दिएको छ । गीतको म्युजिक भिडियो छिट्टै तयार पारेर बजारमा ल्याउने अध्यक्ष रानाले बताउनुभयो । (अडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस्) https://youtu.be/M8lpAYaM9nA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here