यौनकर्मीलाई नियन्त्रण गर : थापा

0
174

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसदले यौनकर्मीहरुलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । सांसद थापाले भन्नुभयो–‘यौनकर्मीलाई प्रश्रय होइन, नियन्त्रण गर्नुपर्दछ ।”
२०७५ भदौ ३१ गते गण्डकी प्रदेशको बैठकमा उहााले यस्तो अभिव्यक्ति दिनुभएको हो । प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले भन्नुभयो–“यौनकर्मीलाई परिचयपत्र दिएर कर ल्याउने काम गरिन्छ भने यसले समाजमा अश्लीलता र अराजकता सिर्जना गर्दछ ।” गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केही दिन अगाडिको एउटा सार्वजनिक कार्यक्रममा यौन व्यवसायलाई व्यवस्थित गराउन रेडलाइट एरिया तोक्नेबारे बहस गर्नुपर्ने बताएको सन्दर्भमा सांसद थापाले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

उहााले अगाडि भन्नुभयो–यौनकर्मीलाई प्रश्रय होइन नियन्त्रण गरिनुपर्ने समयमा प्रदेशका मुख्यमन्त्री जस्तो संस्थाबाट यस्तो अभिव्यक्ति आउनु सही होइन ।” उहााले देशमा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढिरहेका बेला मुख्यमन्त्रीबाट यस खालको अभिव्यक्ति आउनु उचित नभएको उहााको तर्क थियो ।

यसैबीच मुख्यमन्त्री गुरुङले आफूले खाली विषयवस्तुको उठान मात्र गरेको दावी गर्नुभएको छ । असोज २गते मिडियामा प्रस्तुत गरेको “साविती वयान” मा उहााले अगाडि भन्नुभएको छ–“यसका धेरै आइडिया छन् । पहिलो पूर्ण रुपमा यौनधन्दालाई प्रतिबन्ध लगाउने, दोस्रो नियमन गर्ने, तेस्रो यसलाई अपराधीकरण गर्ने, चौथो रेडलाइट एरिया बनाएर व्यवस्थित गर्ने ।” मुख्यमन्त्री गुरुङले अगाडि भनेका छन्–“निर्णय गर्न १० वर्ष लाग्ला, तर कुन चाहिं गर्दा ठिक हुन्छ भनेर छलफल त गरौं भनेको हुँ ।”

मुख्यमन्त्री जस्तो आधिकारिक संस्थाको प्रमुखले हत्या, हिंसा र बलात्कारका घटना बढ्दै गएका विकृतिलाई नियन्त्रण गर्न कडा कदम उठाउनु पर्नेमा रेडलाइटको विकल्प दिएको देखिन्छ । रेडलाइट एरिया भएका देशमा हत्या, हिंसा र बलात्कारका घटना रोकिएका छैनन् । यस्तो अवस्थामा समस्याको समाधानको मुख्यमन्त्रीको विकल्पको महिला संगठनहरु समेतले विरोध गरेका छन् । यसै सिलसिलामा देशमा शान्ति–सुरक्षाको वातावरण निर्माण गर्न तर्फ सजग गराउन राजमो सांसद थापाले प्रदेश संसदमा प्रस्तुत विषय उठाइएको राजमो गण्डकी प्रदेश समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here