युवक संघ र छैठौं संगठन निर्माणको अभियानमा

0
191

दाङ । स्थानीय तहको अधिकार र बिकास बजेट बृद्धी गर । भ्रष्टाचार, महङ्गी, कमिसनतन्त्र बन्द गर भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ र अखिल (छैठौ) को जागौं युवा लागौं युवा अभियानले तीव्रता लिएको छ । त्यसै क्रममा राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा उक्त अभियान सम्पन्न भएको छ ।

अभियानमा अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष लेखराज आचार्य राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य उपाध्यक्ष महेश रिजाल जिल्ला सदस्य राम फकिरे रैदास, सुशील बुढा तेज बहादुर बाठा दिल बहादुर घर्ती लागयतको सहभागीता रहेको थियो ।

अभियान कै सिलसिलामा साधारण उच्च मा बि राजपुर मा सनबत कुमार यादब को अध्यक्षतामा ५३ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं को इकाई समिति गठन भएको छ ।

जसको उपाध्यक्षमा सञ्जु बुढा, सचिन आस कुमार पुन, कोषाध्यक्ष– गौरी पुन, सहसचिब सिमा चौधरी रहेका छन् । यस्तै मा बि मा पनि भिमा गिरिको अध्यक्षतामा १०५ सदस्यीय इकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्ष सुशील बर्मा, सचिब रुकमिणी भण्डारी, कोषाध्यक्ष दिपेश गिरी, सहसचिब संगीता बिक लगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here