युवक संघ दाङले मनायो ३८ औं स्थापना दिवस

0
210

माघ २५, दाङ । अखिल नेपाल युवक संघ दाङले आफ्नो ३८ औं स्थापना दिवस मनाएको छ । ‘बर्तमान राजनीतिक अबस्था र युवाहरुको भुमिका’ विषयक अन्तर्कृया कार्यक्रम गरेर स्थापना दिवश मनाएको हो ।

जिल्ला उपाध्यक्ष लेखराज आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका केन्द्रीय सचिव भक्त विकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । जिल्ला सदस्य डोरबहादुर केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुर्व अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य रेशम बिसी, जिल्ला अध्यक्ष गणेश आचार्य अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य निर्मल पौडेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं जिल्ला सचिवालय सदस्य लक्ष्मण विक, दिनेश रैदास, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष मिनु सुवेदी, अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला सदस्य टोपाराम भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रम पछि फोटोशेषन

जिल्ला उपाध्यक्ष लेखराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्रीराम भट्टराईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here