युवक संघ झापाको प्रथम भेला सम्पन्न

0
341

झापा, साउन १६ । नेकपा (मसाल)को भातृ संगठन अखिल नेपाल युवक संघको प्रथम झापा जिल्ला भेला कमल गाउँपालीकाको पाडाजुङगी बजारमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि केन्द्रीय सदस्य आषिस जबेगुको अतिथ्यता, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य क सुरेन्द्र भन्डारी, राजमो प्रदेश नम्बर एकका अध्यक्ष योगेन्द्र ढकाल, अनेरास्ववियु छैठौं केन्द्रीय सदस्य बबिन राई, राजमो झापा जिल्ला अध्यक्ष अभिसचन्द्र भण्डारी, अखिल छैठौं प्रदेश नम्बर एकका सदस्यद्वय हर्कबहादुर लावती, बुद्ध हाङमा लिम्बूको अतिथ्यता रहेको थियो ।

भेलाले ९ पुर्ण र २ सल्लाहकार समिति चयन गरेको छ । अध्यक्षमा पुरस्वतम काफ्ले, उपाध्यक्ष राजकुमार सम्बाहाम्फे, सचिव रोसन राई, सह सचिव प्रेमबहादुर तामाङ, कोषाध्यक्ष कञ्चन भण्डारी, सदस्यहरु सीता हस्ता, सुनिता काफ्ले, माङसाहाङ आङदेम्बे, आषिस थापा रहेका छन् । सल्लाहकारमा सन्तोष राई र बालकृष्ण ढकाल रहेका छन् ।

वक्ताहरुले देश अत्यन्तै संकट ग्रसित अवस्थामा गुज्रिएको र नेपालको राष्ट्रियता, अखन्डता र सार्भभौमसत्ता माथि बिदेशीहरुले धावा बोलिरहेकोले युवाहरु देश बचाउन एक ढिक्का हुनुको बिकल्प नरहेकोमा जोड दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता पुरुस्वत्तम काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here