युवक संघ जैमिनीको भेला सम्पन्न

0
305

बाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङले “स्थानीय तहको अधिकार र बिकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर !” भन्ने नाराका साथ सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत जैमिनी नगरपालिकाको भेला यहि माघ १९ गते कुश्मिसेरा बजारमा सम्पन्न भएको छ ।

युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले यम पुन (राङ्खानी) अध्यक्ष रहेको १५ सदस्य गाउँ पालिका स्तरीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष,सचिव,सह(सचिव र कोषाध्यक्षमा क्रमशः वीरबहादुर थापा (पैयुथन्थाप), सुरेन्द्र राना (जैदी), रामबहादुर श्रीस (छिस्ती), रामबहादुर थापा (बिनमारे) र सदस्यहरु गणेश थापा (पैयुथन्थाप), जीवन पुन (छिस्ती), गोबिन्द थापा (कुस्मिसेरा), खगेन्द्र थापा (सर्कुवा), हरि पौडेल (बिनमारे), मोहन पुन (दमेग), श्री प्रसाद थापा (राङ्खानी), बिष्णु शर्मा (बिनमारे), नवराज पौडेल (कुश्मीसेरा) र एक स्थान रिक्त रहेको छ भने बिरेन्द्र थापा (पैयुथन्थाप) र खगेन्द्र क्षेत्री (अर्जेवा)लाई सल्लाहकार समेत निवार्चित गरेको छ ।

प्रमुख अतिथि युवक संघका गण्डकी प्रदेश सचिव सञ्जाल शर्माले युवाको बर्तमान अवस्था, युवाको समस्या र चुनौती, राष्ट्रियता, जनतन्त्र र जनतिविकाका सवालमा युवाको भुमिका लागायतका बिषयलाई समेटेर आफ्नो प्रशिक्षणात्मक मन्तव्य दिंदै शोषण बिहिन र न्यायपुर्ण समाज निर्माण गर्न क्रान्तिकारी युवाहरू सचेत र संगठित हुँदै किसान, मजदुर र व्यापक जनाताको बिचमा जानुपर्ने पुरानो भ्रष्ट, अराजक र दलाल पुँजीवादी ब्यवस्था विरुद्ध संघर्षमा जोड दिंदै आमूल परिवर्तन र जनताको वास्तविक अधिकार प्राप्त गर्न र जनताका समस्या हल गर्नको लागि नयाँ जनवादी क्रान्ति गर्ने दिशामा अगाडि बढनु पर्ने कुरामा जोड दिंदै देश र समाजका निर्माता युवाहरू नै भएको हुँदा युवालाई थप जिम्मेवार हुँदै आफ्ना अधिकार प्राप्त गर्नको लागि युवाहरू संघर्षशिल हुँदै आन्दोलनको यात्रामा अगाडी बड्न अनुरोध गर्नु भयो। कार्यक्रमको अतिथीहरुमा राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाका सचिव ठाकुर शर्मा, जैमिनि १ न.का राजमो वडा अध्यक्ष चित्र चापागाईं, युवक संघका जिल्ला सदस्य ओमकार श्रीस, युवक संघका जिल्ला सदस्य यम पुन, अखिल छैटौं जैमिनी नगर सचिव दिपेन्द्र पौडेल लगायत भेलाको अतिथ्यता सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।

युवक संघका नगर कोषाध्यक्ष सुरेन्द्र रानाको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता नगर सदस्य हरि पौडेल गर्नु भएको थियो भने कार्यक्रमको स्वागत पुर्व नगर सचिव श्रीप्रसाद थापाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here