युवक संघ केन्द्रीय समितिद्वारा रोकाप्रति श्रद्धाञ्जली प्रकट

0
288

काठमाडौं । अखिल नेपाल युवक संघ केन्द्रीय समितिले आफ्नो केन्द्रीय परिषद सदस्य शिव रोकाप्रति हार्दिक श्रद्धान्जली प्रकट गरेको छ । संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले एक विज्ञप्ती जारि गरि भनेका छन्– “होनहार र कर्मठ कार्यकर्ताको मृत्युबाट हाम्रो संगठनलाई गम्भिर क्षति भएको छ ।” शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घिमिरेले विज्ञप्ती मार्फत– “हाम्रो संगठनले क.रोकाको शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।”

“उहाँको मृत्यु रहस्यमय तरिकाले भएको छ । नवलपरासीको मानिसको दाङको भालुवाङमा आकास्मिक रूपमा शव फेला पर्नु सामान्य कुरा होइन ।” घिमिरेले घटनाको छानविनका लागि सरकार र प्रशासनसित माग गर्दै भनेका छन्– “त्यसको सत्यतथ्य अनुसन्धान र छानवीन गरी उहाँको निधनको वास्तविकतालाई प्रकाशमा ल्याउनका लागि हाम्रो संगठनले सरकारसँग र प्रशासनसित पनि जोडदार माग गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here