युवक संघको नगर भेला सम्पन्न

0
255

माधब भाट क्षेत्री
कपिलवस्तु, चैत्र १८
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ कपिलवस्तु अन्तर्गत बुद्धभुमी नगरपालिका नगर भेला अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार शसि सापकोटाको विशेष उपस्थिति तथा जिल्ला अध्यक्ष मान बहादुर नेपालीको उपस्थितिमा कपिलवस्तुको गोरुसिंगेमा सम्पन्न भएको छ ।

सम्पन्न भेलाले बिजय पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल युवक संघ बुद्धभुमी नगर समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– बिमला भुसाल, सचिव– सीता पुन, सहसचीव– रामु केसी, कोषाध्यक्ष– कलावती खड्का रहेका छन् । त्यस्तै सदस्यमाः मन्जु पौडेल, बासुदेव ठकुरी, रमेश विक र भोज बहादुर घम रहेका छन् ।

कार्यक्रमको अध्यक्षता बिजय पोख्रेलले र सञ्चालन मानबहादुर नेपालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here