ठाउँ ठाउँमा कार्यक्रम गर्दै खवरदारी अभियान बुटवलमा(भिडियो सहित)

0
20

(युवक संघद्वारा संचालित मेची-माहाकाली खबरदारी अभियानमा सहभागीहरु दाङको लमही पुल पार गर्दै)

 

बुटवल । अखिल नेपाल युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको मेची-महाकाली खबरदारी अभियान’ रुपन्देही पुगेको छ । भ्रष्टाचारीको मुटुमा ढ्यांग्रो ठोक्ने गरी युवाहरु ठाउँ ठाउँमा गर्जंदै अभियानलाई निरन्तरता दिएका छन् ।

अभियान अन्तर्गत मंगलबार बिहान रुपन्देहीको मुर्गियामा कोणसभा सम्पन्न भएको छ । सभालाई प्रदेश नं ५ का सांसद तारा जिसी​ र अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्नुभएको छ । कोणसभाको सञ्चालन केन्द्रीय सदस्य बरुणध्वज मल्लले गर्नुभएको छ ।

यसअघि सोमबार कपिलवस्तुको ४ नं, रुपन्ेहीको गरगरे, हरैया र सालझण्डीलगायतका स्थानमा कोणसभासहित सांस्कृतिक कार्यक्रम र जनभेटघाट गरिएको थियो । ४ नं मा आयोजित सभाको सञ्चालन केन्द्रीय सदस्य डम्बर खड्काले गर्नुभएको थियो भने नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता छविलाल गैरे र युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, गरगरेमा आयोजित कोणसभालाई केन्द्रीय सचिव भक्त विकले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन बागलुङ जिल्ला समितिका कोषाध्यक्ष कृष्ण गिरिले गर्नुभएको थियो । हरैयामा आयोजित सभालाई युव संघ ५ नं प्रदेश सदस्य मिना पोखरेलले सञ्चालन गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे र राजमो रुपन्देही जिल्ला सदस्य लिलाराम खनालले सम्बोधन गर्नुभएको थियो ।

यता, रुपन्देहीकै सालझण्डिमा आयोजित सभालाई उपाध्यक्ष चित्र एमसीले सम्बोधन गर्नुभएको थियो भने अर्का उपाध्यक्ष मुकुन्दराज रोकाले सञ्चालन गर्नुभएको थियो ।

अभियान अन्तर्गत मंगलबार वेलवास, नयाँगाउँ लगायतका स्थानमा सभा गर्दै बुटवल पुग्ने कार्यक्रम छ । अभियान टोलीका सदस्यहरु आजल बुटवलस्थित राष्ट्रिय जनमोर्चाको क्षेत्रीय कार्यालयमा बास बसि भोली पुनः अगाडि बढ्नेछन् । माघ १५ गते महेन्द्रनगरबाट सुरु भएको युवक संघको खबरदारी अभियान माघ २९ गते झापाको काँकडभिट्टासम्म पुग्नेछ ।

‘भ्रष्टाचारी थर्कमान्’
अखिल नेपाल युवक संघको अभियानबाट भ्रष्टाचारीहरु थर्कमान बनेको अभियानका सदस्यहरु बताउँछन् । अखिल नेपाल युवक संघका केन्दीय सचिव प्रशान्त थापाले खासगरी स्थानीय तहमा भइरहेको भ्रष्टाचारका कारण जनता आजित बनेका बताउनुभयो । युवक संघको अभियानले भ्रष्टाचारीहरुलाई थर्कमान बनाएको थापाको भनाई छ ।

‘भ्रष्टहरुलाई वनको बाघले नखाएपनि मनको बाघले खाएको छ । उनीहरुको मनमा सँधै डर छ’ सचिव थापाले भन्नुभयो, ‘युवक संघले कहिँ हामीमाथि एक्सन लिन्छ कि भन्ने पीर भ्रष्टहरुमा परेको छ ।’ थापाका अनुसार युवक संघले अहिले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिरहँदा भ्रष्टाचारीहरुबारे पनि सूचना संकलन गरेको छ । प्रमाणसहित भेटिए उनीहरुलाई समातेर अख्तियारमा बुभलाउने योजना बनाइएको नेता थापाले बताउनुभयो ।

यस्तै, युवक संघका अर्का सचिव भक्त विक पनि अभियानले सरकारी निकायहरुलाई सतर्क बनाएको बताउनुहुन्छ । भ्रषटाचार, नागरिकताको समस्या, एमसीसीलगायतका विषय तत्काल जनतालाई छोएको हुनाले जनताले ध्यान दिएको र सरकारी निकायका मानिसहरु पनि सतर्क बनेको उहाँको भनाई छ ।

खबरदारीले भ्रष्टाचारीको अनुहार बदलिएको अनुभव सुनाउँदै सचिव विकले भन्नुभयो, ‘कतिपय सरकारी कार्यालयका कर्मचारीसँग हामीले कुराकानी गरेका छौँ । त्यस क्रममा जसले भ्रष्टाचार गर्ने गरेको छ, उनीहरुको अनुहार बदलिएर कालो हुने गरेको छ ।’अखिल नेपाल युवक संघको द्वारा संचालित मेची-माहाकाली खबरदारी अभियान मा सहभागीहरु दाङको लमही पुल पार अगाडि बढ्दै क्रस गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here