युवकको खबरदारी अभियान बाँकेमा 

0
213
गौरीलाल कार्की, बाँके ।
अखिल नेपाल युवक संघको मेची महाकाली खबरदारी अभियान बाँकेमा पुगेको छ । “समृद्धिको बाधक भ्रष्टाचारको अन्त्य गर!, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर!” भन्ने नारा सहितको खबरदारी अभियान टोलिलाई बाँकेमा स्वागत गर्नको लागि अखिल नेपाल युवक संघ बाँके र राष्ट्रिय जनमोर्चा बाँकेको नेतृत्वमा बाँकेदेखी करिब ६० जनाको टोलि बर्दियाको बाँसगढी बजारमा पुगेको थियो ।
अभियानटोलिलाई बाँकेद्वारा स्वागत गर्दै अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्काले अबिर लगाउनु भएको थियो भने रक्तिम सांस्कृतिक अभियान केन्द्रिय उपाध्यक्ष मानबहादुर भण्डारी र बाँकेका पुर्ब संयोजक शरद लामिछानेले खादा ओढाउनु भएको थियो । सोही अवसर पारेर राष्ट्रिय जनमोर्चा बाँकेका पुर्व अध्यक्ष गौरीलाल कार्कीले बाँकेको स्वागत टोलिको नेतृत्व गरेको अखिल नेपाल युवक संघको झण्डा अभियान कमान्डर तथा केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेलाई हस्तान्तरण गरेर स्वागत गर्नुभएको थियो । उक्त स्वागत कार्यक्रममा बाँकेका राष्ट्रिय जनमोर्चाका उल्लेख्य नेता कार्यकर्ताको उपस्थित थियो ।

कोणसभा सम्पन्न

अखिल नेपाल युवक संघको मेची महाकाली खबरदारी अभियान कोहलपुर चौराहा पुगेर कोणसभामा परिणत भएको थियो । कोहलपुरको कोणसभालाई सम्बोधन गर्दै पुर्व सांसद तथा राजमो नेता हरि आचार्यले अहिले मुलुकमा सत्तामा बस्नेहरु बाट नै भ्रष्टाचार संस्थागत रूपमा भैरहेको उल्लेख गर्दै यस्तो अवस्थामा गरिएको यो खबरदारी अभियान ऎतिहाँसिक हुने बताउनु भयो । सयौंको जनमानसमा भैरहेको कोणसभालाई सम्बोधन गर्दै अभियान कमान्डर तथा केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेले राज्यका हरेक क्षेत्र र अंग भ्रष्टाचारमा चुर्लुम्म डुबेको, राष्ट्रियता अत्यन्तै कमजोर भैरहेको र त्यो सँग राष्ट्रघाती नागरिकता विधेयक जोडिएको हुनाले युवाहरु र सम्पुर्ण जनता त्यसका विरुद्ध सचेत रहन र उभिन यो खबरदारी अभियानको आयोजना गर्नुपरेको बताउनु भयो ।
कोणसभालाई राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश अध्यक्ष भरत शाहीले समेत सम्बोधन र टोलिलाई स्वागत गर्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका कलाकारले रक्तिमका पुर्व केन्द्रिय अध्यक्ष तथा जनगायक जीवन शर्माको छोड छोड विस्तारवाद हाम्रो सिमा छोड भारतीय सेनाहरु कालापानी छोड भन्ने बहुचर्चित गित सहित केहि सांस्कृतिक प्रस्तुति पस्केको उक्त कोणसभाको संचालन अभियानमा सहभागी युवक संघ उपाध्यक्ष मुकुन्दराज रोकाले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अखिल नेपाल उद्योग ब्यापार संघ केन्द्रिय सदस्य परशुराम लामिछानेले टोलीका निम्ति अध्यक्ष अनिल किशोर घिमिरे मार्फत एकथान साउण्ड सिस्टम हस्तान्तरण गर्नुभएको थियो ।

आजै नेपालगन्जमा भएको कोणसभा लाई युवक संघ उपाध्यक्ष चित्र एमसी र सुकुम्बासी संघ अध्यक्ष तुल्सिराम सापकोटाले सम्बोधन गर्नुभएको थियो भने संचालन अखिल छैठौं के स हरि बुढाले गर्नुभएको थियो । बाँसगढीमा युवक संघ सचीव प्रसान्त थापाले संचालन गरेको कोणसभामा अध्यक्ष अनिल किशोर घिमिरेले सम्बोधन गर्नु भएको थियो । टोलि भोलि दाङको तुल्सिपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here