युरोपमा कोरोना भाइरसको त्रास बढ्दै इटालीमा मात्र ७ जनाको मृत्यु

0
138

बार्सिलोना । चिनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै गैरहेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको चिन भित्र भन्दा बाहिर बढि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार हाल विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१,२८० पुगेको छ । जसमध्ये २,७७० जनाको मृत्यु भैसकेको छ, भने ३०५५१ जना उपचार पछि डिस्चार्ज भएका छन् । उपचारको क्रममा रहेका ४८,१५२ मध्ये ८८५१ जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी ३९३०१ को अवस्था मध्यम रहेको बताइएको छ ।

यूरोपका देशहरुमा पनि यसको संक्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो समय युरोपीयन मुलुक इटालीमा मात्र कोरोना भाइरसका कारण ७ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरि फान्समा यसअघि एक जनाको मृत्यु भएको थियो । कोरोना भाइरसकै कारण इटालीका ४ वटा युनिभर्सिटीको पठनपाठन समेत बन्द गरिएको छ । युरोपका देशहरु मध्ये इटाली सबैभन्दा बढि संक्रमित भएको देश हो ।

स्पेनको बार्सिलोनामा पनि एक जना इटालियन नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको कातालुनियाको स्वस्थ्य विभागले जनाएको छ । यो संगै स्पेनका विभिन्न भागमा गरी संक्रमण हुनेको संख्या १० पुगेको छ ।

कोरोनाको संक्रमणको बढ्दो क्रमले युरोपमा रहेका नेपाली समुदायमा पनि त्रास फैलिैदै गएको पाइन्छ । सामाजिक संजालको प्रयोग गरी नेपालीहरूले एकले अर्कोलाई सुचनाको आदानप्रदान गर्दै सावधानी अपनाउन सुचित गरीरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here