युबक संघ ७ नं प्रदेशमा संयोजक धनिराम आचार्य

0
221
साउन २८, कैलाली । अखिल नेपाल युबक संघको प्रशिक्षणात्मक भेला प्रदेश संयोजक धनिराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । भेलाको उद्घाटन राजमो केन्द्रीय सदस्य मनोज भट्टले गर्नु भयो हो ।
            राजमो केन्द्रीय सदस्य नन्दराज भट्ट, बैकल्पिक केस लोकेन्द्र लम्साल, किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेय, युवक संघका महासचिब कृष्ण पाण्डेय, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज प्रशान्त थापा, अखिल(छैठौं)का केस उमेश कडेल, जनजाति सम्मेलनका खडक रानाले शुभ–कामना दिनुभएको थियो । भेलाले धनिराम आचार्यको संयोजकत्वमा १७ सदस्यीय ७ नं. प्रदेश समिति गठन भरेको छ ।
               जसमाः सहसंयोजक– विरेन्द्र कमाल (कञ्चनपुर), सचिव– कृष्ण विक (कैलाली) र कोषाध्यक्ष– अमिर कुँवर (कञ्चनपुर) रहेका छन् । त्यस्तै सदस्यमाः कृष्ण विक (डोटी), गणेश जाग्री (डडेलधुरा), रामचन्द्र भट्ट (डोटी), रामकृष्ण रेग्मी (कैलाली), नेत्र साउँद (कैलाली), श्रमीका चौधरी (कैलाली), सागर (डोटी), राजेन्द्र साउँद (कञ्चनपुर), राधा जैशी (कञ्चनपुर), दशरथ सुवेदी (कञ्चनपुर), लालबहादुर चौधरी (कञ्चनपुर) कमल शर्मा (कञ्चनपुर) रहेका छन् । एक स्थान रिक्त राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here