युएई नेपाली एकता समाजले गर्यो शुभकामना आदाप्रदान

0
640

के पि बिरही,

दुबई, १९ अक्टोबर । युएई नेपाली एकता समाजले वर दुबईमा दशै तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । युएई नेपाली एकता समाज महिला बिभाग अध्यक्ष साबित्रा घिमिरेको अध्यक्षता तथा एकता समाजका केन्द्रीय कार्यबाहक अध्यक्ष जयबहादुर बिकको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा एकता समाजका पूर्व कोषाध्यक्ष लेखनाथ अधिकारीको विशिष्ठ आतिथ्यता रहेको थियो ।

त्यस्तै रक्तिम परिवारका चित्र सुनार (रामबिरल),समाजका केन्द्रीय सदस्य अर्जुन उपाध्याय, दुबैइ क्षेत्रीय समितिका सचिब के पि बिरही, महिला समाजकि सदस्य जानुका खनाल, बिनु केसी, सीता ढकाल र निरु शर्माले पनि आतित्थ्यता तथा दशैंको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरुले प्रवासमा दशैंको अबसरमा यो अबसर जुटाइ दिएकोमा एकता समाजलाई धन्यवाद तथा कृतज्ञता प्रकट गरेका थिए ।

प्रमुख अतिथी बिकले युएई नेपाली एकता समाज वास्तविक मजदुरहरुको एक मात्र संगठन भएको जिकिर गर्नु भयो । प्रबासी नेपाली मजदुरहरुका हक अधिकार र बिपतमा प्ररेकाहरुलाई राहत र उद्दार गर्दै आएको समेत बताउनु भयो । सम्पूर्ण प्रबासी दाजुभाइ दिदिबहिनीहरुलाई बिजया दशमीको शुभकामना समेत व्यक्त गर्नुभयो ।

संगठनका सचिव बिस्नु गैरले सञ्चालक गर्नुभएको उक्त कार्यक्रममा दुःखसुख साटासाट तथा सेल रोटी र खानाको ब्यबस्था समेत रहेको थियो । कार्यक्रममा सहभागि सम्पूर्णले एकता समाजको उक्त कार्यक्रमको प्रसंशा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here