२२ फरवरीको युएई नेपाली एकता समाजको भेला हुँदै

0
375

केपि विरही,

युएई । युएई नेपाली एकता समाजको आगामी २२ फरवरीका दिन भेला हुने भएको छ । समाजको ११ जनवरी २०१९ मा सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठक पछि कार्यवाहक अध्यक्ष जय बहादुर विकले दिएको जानकारी अनुसार केन्द्रीय समितिको भेलाका लागि जयबहादुर बिकको संयोकत्वमा भेला आयोजक मूल समिति गठन गरिएको छ । त्यस्तै ब्यबस्थापन समिति र आर्थिक समिति पनि गठन गरिएको छ ।

जसमाः सदस्यहरु क्रमशः साबित्रा यमसि, साबित्रा घिमिरे, बिस्नु गैरे, हर्क नेपाली, योगेन्द्र थापा, दिनेश थापा, विशाल बस्नेत, ललन बिस्वकर्मा, अर्जुन उपाध्याय, केपि विरही, राम अबिर, रुम बहादुर थापा, चुडामणिा शर्मा, टिकाराम नेपाली, सोब बहादुर परियार, टेक बहादुर थापा, निरु शर्मा, सीता ढकाल, खुम राज पौडेल रहनुभएको छ ।

त्यस्तै बिस्नु गैरेको संयोजकत्वमा ब्यबस्थापन समिति गठन गरिएको छ । जसमाः अर्जुन उपाध्याय, विशाल बस्नेत र राम अबिरल रहेका छन् ।

साबित्रा घिमिरे संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । जसमाः सदस्यहरु क्रमशः दिनेश थापा, रुमबहादुर थापा, खुमराज पौडेल रहेका छन् ।

युएइ नेपाली एकता समाजको आयोजनामा १ फरवरी २०१९ शुक्रबारका दिन अबुधाबीको मुसाफा पार्कमा पिकनिक कार्यक्रम गर्ने निर्णय गरेको जयबहादुर विकले जानकारी दिए । उक्त पिकनिकको लागि १०० दिरामका दरले आर्थिक संकलन गर्ने निधो भएको छ । जसको व्यवस्थापनको लागि जय बहादुर विकको संयोजकत्वमा ९ सदस्यीय पिकनिक कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ । जसमाः अर्जुन उपाध्य, गोमा श्रेष्ठ, माया थापा, बिनु केसी, बिस्नु गैरे, नारायण केसी र बिरु सुनार रहेका छन् ।

सबै क्षेत्रीय समितिको गठन पुनर्गठन गर्ने र कार्यक्षेत्रको समेत बाडफाड भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here