युएई नेपाली एकता समाजको क्षेत्रीय समितिको भेला सम्पन्न

0
226

(केपी विरही)

अबुधावी, २६ अक्टुबर । युएई नेपाली एकता समाज अबुधाबी क्षेत्रीय समितिको भेला एकता समाजका केन्द्रीय कार्यबाहक अध्यक्ष जयबहादुर बिकको प्रमुख आतित्थ्यमा सम्पन्न भयो ।

अबुधाबी क्षेत्रीय समिति अध्यक्ष दिनेश थापाको अध्यक्षता र अबुधाबी क्षेत्रीय समिति सचिब हरि प्रसाद शर्माको सञ्चालनमा सुरु भएको भेलामा अतिथि एकता समाजका केन्द्रीय सदस्य योगेन्ऽ थापा हुनुहुन्थ्यो । भेलाले ११ पुर्ण र २ बैकल्पिक गरि १३ सदस्यीय समिति चयन गरियो ।

जसमा: अध्यक्ष– अर्जुनप्रसाद उपाध्य, उपाध्यक्ष– खुमप्रसाद पौडेल, सचिब– सोबबहादुर परियार, सहसचिब– टिकाराम नेपाली, कोषाध्यक्ष– टुकबहादुर कुंवर, सदस्यहरुमा: अर्जुन खनाल, हरि शर्मा, बिजय बिसी, लोकेन्ऽ बिक, संकर सुनार रहेका छन् ।

नया समितिलाई प्रमुख अतिथि जयबहादुर बिकले बधाई तथा प्रबासमा मजदुरको विभिन्न समस्या हातेमालो गर्दै अगाडि जान शुभकामना दिनुभएको थियो । केन्द्रीय सदस्य योगेन्ऽ थापाले बधाई तथा शुभकामना दिनुभयो निर्बाचित समितिको तर्फबाट नब निर्बाचित अध्यक्ष अर्जुन प्रसाद उपाध्यले प्रबासमा प्रबासी मजदुरको हितमा र नेपाल राष्ट्रियता जनतन्त्र र जनजिबिकाको सवालमा अग्रमोर्चामा बसेर काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here