युएई एकता समाजको एरिया भेला सम्पन्न

0
272

दुबई । अङ्ग्रेजी नयाँ बर्षको अबसर पारेर १ जनवरी २०१९ का दिन युएई नेपाली एकता समाजको अबुधाबी क्षेत्रीय समिति अन्तर्गत मुसाफा एरिया भेला टीका नेपाली र अर्जुन उपाध्यको पहलमा एकता समाजका कार्यबाहक अध्यक्ष जयबहादुर बिकको बिशेष उपस्थितिमा सम्पन्न गरियो ।

उक्त भेला अर्जुन खनालको अध्यक्षता र टीका नेपाली सञ्चालनबाट ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारण गरि अगाडि बढेको थियोे । भेलाको उद्घाटन प्रमुख अतिथि जयबहादुर बिक ज्युले गर्नु भयो र एकता समाजको प्रबासमा औचित्यका बारेमा र एकता समाजको भुमिकाका बारेमा प्रष्ट पार्नु भएको थियो । प्रबासी मजदुरहरुको हितको लागि सदैब अग्र पंक्तिमा रहेर सम्झौताहिन प्रकारको संघर्ष गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भयो ।

त्यस्तै अन्य अतिथिहरुमा एकता समाजका केन्द्रीय सदस्य योगेन्द्र थापा, अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष अर्जुन उपाध्याय र रक्तिमको तर्फबाट नारायण केसी हुनुहुन्थ्यो ।

मुसाफाको वरिपरिबाट आएका प्रबासी मजदुरहरुलाइ स्वागत मिठु परियारले गर्नु भएको थियो । सबै अतिथिहरुले शुभकामना मन्तव्य दिनु भयो र प्रबासमा प्रबासी मजदुरको पक्षमा एउटा इट्टा थप्ने काम नयाँ समितिले गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

भेलाले अर्जुन खनालको अध्यक्षतामा ७ पुर्ण र २ बैकल्पिक गरि ९ सदस्यीय एरिया भेला सम्पन्न गरेको छ । जसमाः उपाध्यक्ष– मिठु परियार, सचिव– उपेन्द्र नेपाली, सहसचिब– नारायण केसी, कोषाध्यक्ष– लिला बहादुर श्रेष्ठ र सदस्यहरुमा प्रकाश बराल, भिम नेपाली र दुई स्थान रिक्त रहेको छ ।
(केपी विरही)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here