युएईमा बनभोज कार्यक्रम सम्पन्न

0
317

केपि विरही

युएई, १ फरवरी । युएई नेपाली एकता समाज केन्द्रीय समितिको आयोजना युएईको राजधानी अबुधाबीको मुसाफा पार्कमा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न पारिएको छ ।

एकता समाजका कार्यबाहक अध्यक्ष जयबहादुर बिकको अध्यक्षता र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य कृष्ण केसीको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रमको बिशिस्ट अतिथि एकता समाजका संस्थापक सदस्य कृष्ण भुषाल र अन्य अतिथिहरुमा बाग्लुङ सेवा समाजका अध्यक्ष रत्न बिक, बामपन्थी बुद्धिजीवी लेखनाथ अधिकारी, एकता समाज महिला बिभाग कि अध्यक्ष साबित्रा घिमिरे, सैनामैनाका सल्लाहकार नारायण बोहरा, सुदुर पश्चिम सेवा समाजका केन्द्रीय सदस्य शिवराज तिमिल्सिना, समाजसेवी सरस्वती पौडेल, रक्तिम परिवार युएईका चित्र सुनार, अतिथि कलाकार वसन्त घर्ती मगर, जातीय समता समाजका ललन बिस्वकर्मा, अबुधाबीका अध्यक्ष अर्जुन शर्मा, दुबईका टेक थापा, रसलखेमाबाट चुडामणिा शर्मा, मेष ब्यबस्थापनबाट बिनु केसी हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन टिकाराम नेपालीले गर्नु भएको थियो । कार्यक्रममा संस्थापक सदस्य कृष्ण भुसालले बिशिस्ट अतिथिको आशनबाट मन्तव्यको क्रममा एकता समाजको स्थापना १९९८ मा केही साथीहरूबिच भएको र प्रबासी नेपालीहरुका हरेक प्रकारको दुःख सुखमा हातेमालो गर्दै सम्झौताहिन प्रकारले श्रमजिवीहरुको पक्षमा संघर्ष गर्दै आइरहेको बताए । आगामी दिनेमा अग्रमोर्चा बसेर संघर्ष गर्ने प्रतिबद्धता समेतल भुसालले जाहेर गरे ।

त्यसै गरि प्रमुख अतिथि कृष्ण केसीले बनभोज कार्यक्रमले प्रबासी मजदुर बिच भातृत्व कायम गर्न सहयोग पुर्याउनेमा आफू आश्वस्त रहेको बताए । केसीले प्रबासी दाजुभाई दिदी बहिनीहरुले स्वास्थमा ध्यान दिनु पर्नेमा सन्देश प्रवाह गर्नु भयो ।

त्यस्तै बामपन्थी बुद्दिजिबी लेखनाथ अधिकारी, एकता समाज महिला बिभाग कि अध्यक्ष साबित्रा घिमिरे र बागलुङ सेवा समाजका अध्यक्ष रत्न बिकले कार्यक्रमको शुभकामना सहित एकता समाजले प्रबासी नेपालीहरुका हकहितको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा युएईको विभिन्न शहरबाट पाल्नु हुने सम्पूर्णलाई शीत ढकालले स्वागत गरेका थिए । रक्तिम परिवारका कलाकारहरुले स्वागत गितबाट पनि स्वागत गरे ।

बनभोज कार्यक्रममा सेलरोटी, अचार, पुलाउ, मासु र सलादको परिकार सहित रक्तिमका गितमा श्रमजिवी नेपालीहरुका समस्या उजागर गर्ने चेतनामूलक गितमा साँस्कृतिका कार्यक्रम सहति सबैलाई मनोरञ्जन समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here