म विद्रोही हु

0
500

समृद्ध नेपाल हाम्रो अनि सुखी नेपाल हाम्रो ।
जनतालाई सधै देखाउने सपना कति राम्रो ।।
सुन तस्करलाइ काखी च्यापेर रमाउने ।
सिडिकेट को मिठो स्वणिम संसार देखाउने।।

जताततै पक्की सडक र वाइफाई जडाउने ।
औषधि, कपडा, राशन घरघरमाद नै पुराउने ।
मेलम्चीको पानीको अमृत वर्षा नै गराउने ।।
राष्ट्रका जनजनलाई सुखी, समृद्धि गराउने ।।

सामाजिक सुरक्षाको युगन्तकारी परिवर्तन ।
समृद्धि र सपनाको अकल्पनीय परिवर्तन ।।
रेमिटेंसले देश हाक्नै नपर्ने समृद्ध नेपाल ।
जादुगरको जादुई छडि वनिरहेको नेपाल ।।

दोतिहाइको सत्ताको आडमा जे पनि वोल्नपाइने ।
वहुमत, घमण्डको आडमा जे गर्न पनि पाइने ।।
ढाडै सेक्नेगरि करैकरको वोझ दिन पाइन्छ ।
करोडौंको गाडि चढन पनि गजवले पाइन्छ ।।

शहीदको रगतमा टेकी महलमा पस्नेहरु हो ।
निर्मलाको हत्या, वलत्कारीको संरक्षकहरु हो ।।
पैसाले भोट किनेर सत्ता बचाउन सकिदैन ।
हत्या, हिंसा, अत्याचारको संरचनामा झुक्किदैन ।

कलम चलाउनेहरु फेरी वन्दी बन्न सक्लान् ।
विरोध गर्नेहरु पनि वेपत्ता पारिन सक्लान् ।।
तर पनि म विद्रोही हँु विरोध गरि नै रहन्छु ।
मैले मेरो मौलिक अधिकार प्रयोग गरि रहन्छु ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here