म निसब्द सुनिरहे…

0
592

-ऋतु के सी

बिहानिको तारा नझर्दै रिमरिम उज्यालोको साहारामा
कालिमाटिको तरकारीमण्डी मा पुग्ने दिदि
हरियो मकै धोक्रो भरी नाम्लो लगाएर
ढाडमै बोकेर ल्याउनुहुन्छ
गाडी नचल्ने होईनन्,गाडी नपाइने पनि त होईनन्
तर गाडी चडने पैसाको हिसाब मिलाउदा
उहॉले पैदल नै ठिक मान्नुहुन्छ

तीन जना छोरिको पढाइको अभिभारा बोकेर
आफ्ना सारा खुशिहरु तिलान्जली दिएर
हासी हासी मकै पोल्दै ब्यापार गर्ने दिदि
आफ्नो काममा गर्व गर्नुहुन्छ

जब म पोलेको मकै लिन त्यो दिदिकोमा पुग्छु
धेरै बेर सम्म उहासँग भलाकुसारी गर्छु
खै किन किन उहासँग आत्मियता महसुस गर्छु
जिबन का गुनासा ,माइली छोरी ले पढाइ मा ध्यान नदिने पिरलो;
बाकी दुइटी छोरी ले राम्रो पढेको मा यती गर्व गर्नु हुन्छ
मानौ उहाको सिर सगरमाथा जस्तै उच्च हुन्छ

आउने जाने सबै ग्राहक सँग हासेरै बोल्ने दिदि
म सँग को कुराकानिमा कहिलेकाही भक्कानिनुहुन्छ
मकै पोल्दा पोल्दै कुनै बिमार ले ढले भने ?
कुनै मात्र एक दिन पनि मकै पोल्न सकिन भने ?
मेरो पाच जनाको परिवारको के हुन्छ बहिनी ?
हामी जस्ता गरीब सहजै बाच्ने कुनै ब्यबस्था छ र बहिनी ?
आज त श्रम गरेर खाएका छौ भोली बिरामी भएर ढल्दा
निसुल्क उपचार गर्ने कुनै हस्पिटल छन बहिनी ?
कान्छी छोरी को डाक्टर बन्ने सपना पुरा गरिदिने कुनै बिस्वबिध्यालय छन बहिनी ?
जनतन मकै पोलेर पढाएका छोरिहरु लाई बिना भनसुन जागिर दिने कुनै निकाय छ बहिनी ?

म निसब्द सुनिरहे
त्यही दिन ल्याउन त हामी जुर्मुराउनु छ दिदि
तर यो ब्यबस्था मा त्यो दिन आउदैन दिदि
त्यो दिन ल्याउन त्यो ब्यबस्था ल्याउन हामी लडन बाकी छ दिदी
त्यो दिन पक्कै ल्याउने छौ दिदी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here