म कुरा भन्दा नि काम गरेर देखाउन चाहन्छु –राजदुत शेर्पा

0
65

बार्सिलोना/ स्पेनका लागि नवनियुक्त नेपाली राजदुत महामहिम दावा फूटी शेर्पाले आफू कुरा भन्दा पनि काममा विश्वास गर्ने जनाउँदै आफ्नो कार्यकालमा केही उल्लेखनिय काम गरेर देखाउन चाहेको बताउनुभएको छ ।

गैर आवसीय संघ स्पेनको आयोजनामा सोमबार बार्सिलोनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा व्यक्त गनुभएको हो । उहाँले नेपालकी प्रथम महिला सगरमाथा आरोही आफ्नी आमा पासाङ ल्यामू शेर्पाबाट आफुलाई पनि देशको लागि केही गर्नुपर्छ भन्ने धेरै ठूलो प्रेरणा मिलेको बताउनुभएको छ । उहाँले आफ्नो पारिवारिक पृष्ठभुमी पनि पर्यटनसंग सम्बन्धीत रहेकोले पर्यटनको क्षेत्रमा स्वभाभैले पनि बढि ध्यान जाने बताउनु भयो ।

आफुले कार्यकाल सम्हाल्दै गर्दा नेपाल पर्यटन वर्ष २०२० को कार्यक्रम समेत परेकोले यो वर्ष धेरै भन्दा धेरै पर्यटक नेपाल भित्राउनेतर्फ दुतावसले विशेष भुमिका खेल्ले उहाँको भनाई थियो । त्यसको लागि स्पेनमा कार्यरत सबै नेपाली संघ सस्थाहरुको हातेमालोको आवश्यक रहेकोले सबैलाई आवश्यक सल्लाह, सुझाव एवं सहयोगको लागि आव्हान समेत गर्नुभयो ।

दुतावासका कामकार्वाही चुस्त, दुरुस्त हुनुपर्ने, सुचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, नेपालीहरुका समस्याहरुसंग दुतावास प्रत्यक्षरुपमा सरोकार राख्नुपने, सेवाग्राहीको काममा हुने अनावश्यक भनझट हटाउनुपर्ने लगायत नेपाल भ्रमण वर्ष २०२० कसरी सफल बनाउने लगायतका विषयमा सहभागिहरुले आ–आफ्ना धारणा राखेका थिए ।
एनआरएनए स्पेनका अध्यक्ष देउकाजि गुरुङको अध्यक्षता, महासचिव राज ढकालले संचालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष दिनेश गिरीले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here