मोहनविक्रम सिंहद्वारा प्रधानमन्त्री ओलीलाई धन्यवाद

0
81
काठमाडौं/ नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले मंगलबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उपेन्द्र यादवले मन्त्रीमण्डलमा लगेको संविधान संशोधन सम्बन्धी  प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेको भन्दै सिंहले ओलीलाई धन्यवाद दिनुभएको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यको पूूूर्णपाठ-“संविधानमा संशोधन गर्ने सहमति सहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यो बेला नै हामीले ओली सरकारको कडा आलोचना गरेका थियौँ । आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन । संविधानमा त्यसरी संशोधन गर्दै जानु पनि पर्दछ । तर मधेशवादीहरूले जसरी संविधानमा संशोधन गर्न खोजेका छन्, ती राष्ट्रघाती प्रकारका छन् । त्यसैले हामीले उपेन्द्र यादवसँग संविधानमा संशोधन गर्ने जुन सहमति गरिएको थियो, त्यसको विरोध गरेका थियौँ ।
अहिले संविधानमा संशोधनको त्यो सहमतिलाई कार्यान्वयन नगरेको भनेर उपेन्द्र यादवले सरकारबाट राजिनामा दिएका छन् । थाहा भएअनुसार, त्यसबारे उपेन्द्र यादवले मन्त्रीमण्डलमा लगेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसका लागि हामीले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिन्छौँ । हामीले आशा गर्दछौँ त्यही प्रकारले राजपाले संविधानमा संशोधनका लागि गर्ने कुनै पनि प्रकारको दवावलाई पनि उनले अस्वीकार गर्दै जानेछन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here