नेपालमा संघीयता देखौली स्वरुप हो : चित्र बहादुर केसी
पोखरामा आयोजित सो सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका केन्ऽीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुभएको थियो । सम्मेलनको उदघाटन मन्तव्यको क्रममा केसीले देशमा संघीयता देखौली स्वरुप भएको बताउनु भएको छ ।
संघीयता नेपालको राजनीतिको प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै एजेण्डा नबनेको उल्लखे गर्दै, पश्चिमा साम्राज्यवादी र छिमेकी देश भारतको विस्तारवादी नीति र योजना अनुसार नेपालको अन्तरिम संविधानलाई संशोधन गरी प्रवेश गराईकोले संघीयता देखौली स्वरुप भएको केसीले बताउनु भयो ।
संघीयता देशका लागि धोका सावित हुने दावी केसीले दावी गर्नुभयो । “नेपाललाई सिक्किमीकरण र भुटानीकरणको नीतिसाग संघीयता जोडिएर बहुराष्ट्रवाद, मधेशवाद, क्षेत्रीयतावाद, साम्प्रदायिकता, जातिवाद, आत्मनिर्णयको अधिकार, जातीय अग्राधिकार, एक मधेश एक प्रदेश जस्ता घातक र अवाञ्छित मुद्दाहरुले नेपालको राजनीतिमा प्रवेश पाएको छ ।”
देशको विषम परिस्थितिमा युवा शक्ति एकजुट भएर राष्ट्रियताको पक्षमा निर्धक्क उभिन र देश र जनताको हितको पक्षमा निरन्तर संघर्षरत रहन युवाहरुलाई केसीले आग्रह गर्नु भयो ।
राष्ट्रिय स्वाधिनताको लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौं राष्ट्रिय सम्मेलन भन्ने नारासहित पोखरा चिप्लेढुागाबाट सुरुभएको र्यालीले पृथ्वीचोक हुादै नयााबजारबाट सभागृह हलमा पुगि उद्घाटन सत्रमा परिणत भएको थियो ।
राष्ट्रिय सम्मेलन उदघाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चा निकट विभिन्न भातृसंगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा देशभरमा सबै जिल्लाबाट प्रतिनिधि प्रर्यवेक्षकहरु कार्यक्रम स्थलमा आइपुगेका छन् । तीन दिनसम्म चल्ने युवक सङ्घको यो सातौँ राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति निर्वाचित गर्दै राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन, घोषणा पत्र तथा विधान, विशेष प्रस्ताव र आगामी कार्यक्रम पारित गर्नेछ । सम्मेलनको बन्दशत्र पोखराको रामघाटमा अवस्थित तमु प्लेयेल्हुमा २९ वैशाखमा सुरु हुनेछ भने ३० वैशाखमा समापन समारोह हुनेछ ।