मेरो जीवन

0
167
  • चक्र चनारा

सडकका यि गल्लिहरुमा
डाडा पाखा भिरहरुमा
उकाली ओरालि,
चौताराका काखहरुमा
इतिहासका पानाहरुमा
आफ्नै मनका भावहरुमा
मेरा गितका शब्द शब्दहरूमा
खोजिरहेको मेरो परिचय
किताबका ति कथाहरूमा
लेखिएका मिठा शब्दहरूमा
आकाशका लाखौं ताराहरुमा
सभ्य समाजका नौला रङ्गगहरुमा
अनगिन्ती मानिसका भिडहरुमा
रचिरहेको मेरो परिचय
जिवनका यि खोजहरुमा,
मिठा नौला अनुभवहरुमा
युवा अबस्थाका चरणहरुमा,
मैले बुझिरहेको मेरो जीवन
जिवन एउटा फुल जस्तै पो रहेछ
कहिले उम्रिन्छ, कहिले हुर्किन्छ
कहिले फुल्छ र जीवनको संध्याकालमा
एकदिन मरेर जान्छ ।
हजारौं काडाहरुको बिचमा
संघर्ष गर्दै फुलेको पूmल
मानिसको इच्छा र आकाँछाका लागि
आफ्नो ज्यानको वलिदान दिने पूmल
साच्चिकै कति महान छ
मेरो जिवन र मेरो परिचय
फुल भन्दा नि कम छैन
करोडौंको बिचमा आफ्नो
परिचय बनाउनु
सभ्य मानस भई स्थापित हुनु
फुलको संघर्ष भन्दानि कम छैन
अन्धाकारमय मेरो जीवनलाई
सभ्य भब्य उज्यालो मैदानमा ल्याउन
हजारौंलाई पछार्नु,
लाखौं बिचारलाई अंगाल्नु
सागरमा पौडी खेल्नु भन्दा कम छैन
अरुलाई सानो आफुलाई ठुलो भन्ने
आधुनिक यो समाजमा
धन र सम्पतिले मानवतालाई
दबाउने र विर्सने यो समाजमा
आफ्नो परिचय खोज्नु
बालुवामा पानी हाल्नु भन्दा कम छैन
एक दिन मेटिएर जाने मेरो जीवन
अन्धकारमा पिल्सिएको मेरो जीवन
संघर्षमय मेरो जीवन
मात्रिभुमि र मेरो देशको लागि समर्पण गरे
गरिब असाह्यका लागि समर्पण गरे
दुखि र टुहुराका लागि समर्पण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here