मेरा गितहरु असान्दर्भिक भएको हेर्ने इच्छा छ: जनगाएक जीवन शर्मा

0
5422

काठमाडौ । जनताका प्रिय गाएक जीवन शर्माले आफू मर्नु अगाडी आफ्ना गितहरु असान्दर्भिक भएको हेर्ने इच्छा रहेको कुरा बताउनु भएको छ। आज आधारशिला कलेज काठमाडौले आयोजना गरेको `मानव जिवनमा गित संगीतको महत्त्व´ शिर्षक अन्तरक्रिया कार्यक्रममा बोल्दै जनगाएक शर्माले आफुले जिन्दगीभर गरिव र दुखीका गित गाएको र आफुलाइ त्यस्ता गित गाउने रहर नभएको कुरा बताउनु भएको छ।

“पञ्चायतकाल देखिनै ब्यबस्था परिवर्तन र गरिवका दिनहरु बदलिनु पर्ने खालका गितहरु गाइयो अहिले ब्यब्स्थामा त केही परिवर्तन आयो तर जनताको जीवनमा कुनै परिवर्तन नभएकोमा दुख लागेको छ”। उहाले भन्नू भयो “मैले एस्ता गित नगाउ भन्छु तर सडकमा निस्कदा कयौ भोका पेटहरु देख्छु, साहुहरु ले कामदार ठगेको देख्छु, गाउमा जादा किसानहरुको जिन्दगी पनि कत्ती कठिन देख्छु अनि चुप बस्न सक्दिन, गित गाउछु”।

“अहिले सरकारले समृद्धि र सुखी नेपालिको नारा त बनाएको छ तर कार्यान्वयन हुने लक्षण चै देख्दिन, मलाइ सुखी नेपाली र समृद्धि नेपालको गित गाउन रहर त छ नि तर गरिव किसानको घरमा उस्तै दुख छ म कसरी गाउन सक्छु? म सत्य देखि भाग्न सक्दिन । म जनताका गित गाउछु, अहिले जनताको अवस्था उस्तै छ, म यिनै गित गाउछु। अहिले यिनै गित सान्दर्भिक छन। म चाहान्छु जनताको जिवनमा परिवर्तन आओस्, सबै नेपाली समृद्धि होउन र मेरा कृति असान्दर्भिक होउन मेरो यहि इच्छा छ ।”

आधारशिला कलेजको नियमित १२ औं काव्य प्रवाह २०७५ को यो श्रृङ्खलामा २५ जना कबिले आफ्नो रचना प्रस्तुत गरेका थिए।
सुवाश संयम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here