मृत्यु दण्ड दे बलत्कारीलाई (तिजी गीत)

0
692

घरै भित्र रक्षा छैन अजाभोली छोरीलाई
मृत्यु दण्ड दिनुपर्छ बलत्कारीलाई

आमा, छोरी चेली नै हुन् सृष्टिको रचना
छैन तिनलाई सुखसँग आज बाँचन

उन कै श्रम पसिनाले सारा जगत अडेको
बलत्कारले नपुगेर हत्या गरेको

बच्चा, युवा, वृद्ध पनि छाडेनन् ति पापीले
कतिन्जेल सहने यस्तो पिडा नारीले

हामी नारी बाच्ने छैनौं राक्षेसी यो पाराले
मृत्यु दण्ड दिने कानुन बनाउ सरकारले

सहनु पनि सीमा हुन्छ अति भयो अबत
आँशु मात्र हैन हाम्रो बग्यो रगत

अघि बढौं नारीहरु हुन्न पछि हटेर
अन्यायको विरुद्धमा लागौं डटेर

समनता र न्यायमुक्ति ल्याउँ जुगैभरीलाई
नारी–पुरुष मिली फूकौं विगुल बरिलै i

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here