मृत्युशैयावाट जीवनको परिभाषा दिन सकु

0
343

खिमराज चालिसे, चंंडिगढ

मृत्यु पनि डराउदै भागोस त्यस्तो हुंकार होस।
जीवनयात्रा मेरो अदम्य संघर्षको मार्ग होस ।।
कायरता लाइ थर्काउदै जीन्दगी अगी वढोस।
मुठ्ठी कसेकाहातले सधै न्यायको वाटो खोजोस।।

हरकदम साहस मिलोस चुनौती हजार आउस।
मृत्यु संग पैठेजोरी खेल्न सक्ने हिम्मत आउस।।
विजयको झंडा गडोस मेरो यो मृत्यु माथी पनि।
मेघ गर्जे झै गर्जीरहु एक थोपा रगत रहेपनि।।

मृत आशाहरुमा पून अमृत वर्षा जस्तै रहोस ।
जीवन सधै संघर्षै संघर्षको इतिहास होस।।
नडर होस नत त्रास यस्तो जीवन गाथा होस ।
दुश्मन काप्दै भागोस र मित्र सधै साथ रहोस।।

न्याय,अधिकार,स्वतंत्रताको आवाज घन्किरहोस।
अत्याचारी, व्यभिचारी सधै त्रासमा थन्किरहोस।।
वर्ग दुश्मन काप्दै वसुन न्याय सर्वोच्च होस।
यी हातमा रातो झंडा होस मुटु कोमल रहोस।।

हत्या, हिसां,महगी ,लुट विरुद्ध हुकार होस।
यात्रा गर्विलो संगै रक्तरंजित झंडा मेरो रहोस।।
दुश्मनको किल्ला ढाल्दै न्याय सर्वत्र उर्लीरहोस।
जीवन यस्तो होस कि मृत्यु समेत थर्कमान होस।।

नदिको वेगजस्तै संघर्ष को सामना गर्न सकु।।
विपदमा पनि मुस्कुराउने साहस दिन सकु।।
मृत्युशैयावाट जीवनको परिभाषा दिन सकु।।
मृत्यु माथी विजय को झंडा फरफराउन सकु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here