मृतक मानबहादुर विकका परिवारलाई राहत स्वरुप भारु. २ लाख २५ हजार

0
415
फरीदावाद, १८ अक्टोबर । अर्घाखाँची मालारानी ६ मेहलपानी निवासी बलबहादुर  विकका छोरा  मानबहादुर बिकको हरियाणाको फरीदावादमा दुर्घटनामा परि मृत्यू भएको जनाइएको छ । २१ वर्षीय मानबहादुर हाल परिषर कंपनी  १४÷५ मथुरा रोड फरीदाबादमा कार्यरत थिए ।
नेपाली सामाजिक संघ संस्थाहरु, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत, एकता मञ्चका कार्यकर्ताहरुले कम्पनी मालिकसँग छलफल गरि भारु २ लाख २५ हजार हर्जना दिन सहमत गराएको एकजना समाज सेवीले हामीलाई बताए । सो रकम मृतक मान बहादुर विककी श्रमती राधा विक र पिता बलबहादुर विकलाई सो रकम हस्तान्तरण गरिसकिएको छ ।
मृतक विकको शव विके हस्पिटलमा पोष्टमार्टम पछि फरीदावाद सेक्टर ३७स्थित समशानघाटमा दाहसंस्कार गरिसकिएको छ । मान बहादुरको मृत्यू क्रेनले च्यापेर भएको पत्यक्ष दर्शिहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here