मृतक कुँवरको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली सहित अन्त्यटि गरियो

0
15

तिलक थापा,बाग्लुङ । जनमोर्चा जिल्ला समिति, बागलुङका उपाध्यक्ष क. धर्म बहादुर कुँवरको श्रीमति बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौर निवासी श्रीमति दुरमति कुँवरको मिति २०७७ श्रावण ५ गते अस्तुघाट अधिकारीचाैरमा मृतक कुँवरकाे पार्थिव शरिरमा श्रद्धाञ्जली सहित अन्त्यटि भएकाे छ ।

राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा र गण्डकी प्रदेशका माननीय सांसद खिम बिक्रम शाहीले पार्टीकाे झण्डा अाेढाएर श्रद्धाञ्जली दिनु भएकाे थियाे । श्रद्धाञ्जली कार्यक्रममा बाेल्दै माननीय सांसद शाहीले मृतक दुरमति कुँवरले हाम्रो पार्टी लाई पुराउनु भएकाे याेगदानकाे चर्चा गर्दै उहाँकाे निधनले पार्टीलाई अतुलनीय क्षति पुगेकाे बताउदै शाेक लाई शक्तिमा बदल्न सबैलाई अनुराेध गर्नु भएकाे थियाे ।

श्रद्धाञ्जलीमा राष्ट्रिय जनमाेर्चाका जिल्ला, नगर तथा वडाका नेता तथा कार्यकर्ताहरु अाफ्न्तहरुकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here