मूल प्रवाह चार दशकमा प्रवेश

0
295
सुरेशकुमार पाण्डे

आज मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो दर्बिला पाईला चालिस बर्षमा टेकेको छ । कैयौं संगठनहरु देश बिदेशमा ब्यापक हुन्छन, तर लामो समयसम्म बेदाग रहेर जनताका हितमा आफ्नो छबिलाई प्रगाड गर्दै लाग्नु ठुलो कुरा हो ।

देशमा पञ्चायती तानाशाहि ब्याबस्थामा पिसियका दविएका शोषक सामन्तद्वारा उत्पिडीत भएकाहरु कामको तलाशमा बिदेशीन बाध्य भएका लाहुरेहरु, बहादुरहरु भनेर उपहासका श्रोत भएका नेपाली कामदारहरुलाई कसरी एउटा झण्डामुनि गोलबन्द गरेर उनीहरु स्वायं आफ्नै लागि आफ्नो हकहित र अधिकारको लागी लड्न सक्ने बनाउँन सक्किन्छ ? त्यो बेला यो ठुलो प्रश्न थियो त्यो चुनौति पुर्ण प्रश्नलाई स्विकार्दै सात जना बुद्धिजिवीहरुले संगठन निर्माण गरेका थिए ।

त्यो दिन महान अक्टुवर क्रान्तिको दिन थियो । ७ नोभेम्वर १९७९ बनारसमा सात जनाले गठन गर्नुभएको संगठन आज भारत ब्यापी फैलिएको मात्रै छैन संसारका कैयौँ देशहरुमा एकता समाज झाँगिदै गएको छ ।

त्यो बेला संगठन परिचालन गर्न अत्यान्तै कठिन थियो । देशमा निरंकुश राजतन्त्र भएकोले भारतमा पनि संगठन गर्नु एकप्रकारले रिक्श लिनुनै हुन्थ्यो । त्यसले गर्दा झ्यासै संगठित हुन मान्दैनथे । करिब भुमिगत जस्तै अबस्थामा संगठनको बिकास गर्नु त्यो बेला धेरै अप्ठारो थियो । संगठन भित्रैपनि खिचातानी भएपछी संगठनको बिकास हुन सकेन । करिव डेढ बर्ष पछि जुन सन १९८१मा अखिल भारत नेपाल एकता समाजको पुनर्गठन भएको थियो ।

संगठानिक कामको सिलसिलामा हिँड्दा झोला राख्ने ठाउँ समेत पाउँन कठिन हुान्थ्यो । संगठन निर्माणको कुरा त झन अप्ठारो थियो । तर पनि संगठन बिकासको लागि कार्यकर्ताहरुले कति धेरै त्याग गरेका होलान् भन्ने शहजै अनुमान लगाउन सकिन्छ ।

देशमा निरंकुश राजातन्त्रीक व्यवस्था भएकोले भारतमा संगठन गर्न अत्यान्तै कठिन काम थियो । त्यो बेलामा पनि भारतमा कयौँ संगठनहरु थिए । धार्मिक तहका आफुलाई समाज सेवक भन्नेहरु पनि थिए । उनीहरुले भारतमा मन्दीर बनाउने धर्मशाला बनाउँने, नेपालमा पुल मन्दीर बनाउँने आदि इत्यादी भ्रम दिादै चन्दा उठाउँदै पनि गर्थे । तर अखिलको नामैबाट पनि राजतन्त्रको बिरोधी संगठन हो भन्ने बुझ्थे । संगठनलाई निर्माण र बिकास गर्नु भन्दा पनि संगठनको प्रचार गरेर हिंड्न कठिन हुन्थ्यो । संगठनको पुनर्गठन जुन ८१ मा भयो । जस्ले गोबिन्द सिंह थापाकै नेतृत्वमा उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव प्रकाश शर्मा, कोषाध्यक्ष राम प्रकाश शर्मा, सदस्यहरुमा सालिक राम शर्मा, जितेन्द्र सिंह ठाकुर, राजु नेपाली, पदमबहादुर राना, अमृतबहादुर थापा चयन भएका थिए ।

संगठनले ब्यापक संगठनको बिकास गर्ने योजना बनायो र लगातार संगठनमा साथीहरु खटिनुभयो । परिणाम कुल एक बर्ष केहि महिनामै प्रथम सम्मेलनको निर्णय गरियो । ५–७ सेप्टेमबर १९८२ को दिल्लीको निलकण्ठ भवनमा सम्मेलन सम्पन्न भएको थियो । त्यो पहिलो सम्मेलनले २५ सदस्य सहितको जर्नल काउन्सिल र केद्रीय समितिको निर्माण गरेको थियो ।

समाजले लगातार भारत ब्यापी मजदूरहरुलाई संगठित गर्ने उनीहरुको समस्यालाई समाधान गर्ने । आपसमा भएका झै–झग्डाहरुलाई मैत्रिपुर्ण तौर तरिकाबाट समाधान गर्ने । भारतस्थित नेपाली मजदूरहरुलाई आफ्नो संगठनको उदेश्य र भारतस्थित नेपालीहरुलाई भारतमा आउनु पर्ने बाध्यता र अधिकारको जानकारी गराउने लगायतका ब्यापक प्रशिक्षाण दिँदै संगठनको बिकास गर्दै आयो ।

समाजको बिकास गर्ने क्रममा धेरै नेता र कार्याकर्ताहरुको धेरै त्याग र बलिदानको कथा ओगट्दै आएकोछ एकता समाजले ।

निस्वार्थ रुपमा काम गर्दागर्दै शहिद हुनुभएका शोभाखर धन्नजय (सरोज शर्मा)को नाम सबै भन्दा माथि आउँछ । उहाँ १९८६ मा बेलारोडमा मृत फेला पर्नुभएको थियो । शोभाखर धन्नजयको संगठन बिकासमा ठुलो र ऐतिहासीक भुमिका छ ।

हिंजो झोला राख्ने ठाउँसम्म नपाएको संगठनले केहि बर्षमै जनताको आँखाको नानी बन्न सफल हुनुमा समाजका कार्यकर्ताहरुको स्वच्छ छबि संगठनको सहि नीतिलाई नै दर्शाउँछ । एकता समाज आज भारतमा मात्रै सिमित छैन । संसारका कयौँ देशहरुमा फैलिएको छ, जसले गर्दा बुर्जुवाहरुले पनि एकता समाजलाई सम्मानजन रुपमा हेर्ने गर्छन् ।

भारतमा द्वीतीय सम्मेलन दश देखि १४ दिसम्मवर १९८५ मा, तेस्रो (१३–१६ नोभेम्वर सन १९८९, चौथो १५– १६ फरवरी १९९५, पाँचौ १०–१३ फवररी २००२, छैठौं १३–१५ सेप्टेम्बर २००९, सातौँ २१–२३ सेप्टेमवर २०१४ गरि सम्पन्न भएका छन् ।

संगठनलाई लगातार समय समयमा टुक्राउँने दुष्साहस नभएको पनि होईन । तर समाजका जुझारु कार्यकर्ताहरुले संगठनलाई अहिलेसम्म शुरक्षित बेदाग डोराउन सफल छन् ।

दोस्रो सम्मेलन ताका तत्कालिन महासचिव बिजय शर्माले पुरै भ्रमसिर्जना गरेर समाजलाई तहस नहस पार्न प्रयात्न गरे । उनीहरुले सम्मेलन कोलकात्तामा गरे । कयौं कार्यकर्ता भ्रमबस कलकात्ता पनि गए तर पछि फर्के पनि । त्यतिबेला उनीहरूले संगठनको बहुमत हामीसँग छ भन्ने प्रचार बाजि पनि गरे । पछि तेस्रो सम्मेलन पछि पनि संगठन टुक्राउने प्रयात्न भयो । चौथो सम्मेलन पछि पनि संगठमा फुट पार्ने प्रयात्न भयो । पाँचौ सम्मेलन पहिलेदेखि माओवादीहरुले चलाएको आन्दोलनमा हाम्रो संगठनलाई समेत मुछेर भारत ब्यापि प्रचार बाजि गरियो । भारतमा बेकसुर नेपालीहरुलाई प्रशाशनले माओवादीको नाउँमा धरपकड गर्दै आतंकित पारेपछि पाचौं सम्मेलनले आफ्नो नाउँमा मूल प्रवाह थपेर संगठनलाई जोगाउँनुको साथै भारत स्थित नेपालीहरुको रक्षा गर्ने काम गर्यो ।

छैठौं सम्मेलनमा पुरै संगठनलाई सखाफ पार्ने षडयन्त्र गरे तर समयमै परिस्थितिमा नियनतरण भयो । संगठनलाई ठुलो क्षेती हुनबाट सचेत कार्यकर्ताहरुले जोगाए ।

भारत स्थित नेपालीहरुले धेरैलाई नेता बनाए र देशभित्र पठायो संसदमा पठायो बाबुराम भट्टराई डिलाराम लगायतका उदाहरणहरु छन् । समाजले सधैं मुक्तिकामि जनताका पक्षमा चलेका देश बिदेशका आन्दोलनहरूलाई सहयोग र समर्थन गर्दै आएको ईतिहास छ ।

आज एकता समाज भारतमा मात्र सिमत नभै संसारका कयौं देशहरुमा नेपाली एकता समाजको झण्डामुनि गोलबन्द भएकाछन् । संगठनको गौरवमय ईतिहासबाट प्रेणालिन सक्किन्छ । समाजमा लागेका मजदुर नेपालीहरु आज नेता कलाकार लेखक बुद्धिजिबी भएका छन्, यो सबै संगठनको देनहो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here