मूल प्रवाह एकता समाज प्रती आभार प्रकट

0
267

चंडीगढ, २७ डिसेम्बर । वाग्लुङ जिल्ला निसी गाउँपालिका वा.न. ५ देविस्थान, हुन्दीका पवन कुमार सिंजालीको जेठो छोरा जनक सिजांली गत २९ अगस्त २०१८ को चंडीगढ़ वसपार्कमा लुटिए पछि मूल प्रवाह एकता चंडीगढ़ नगरका कार्यकर्ता एंव हाम्रा संवाददाता खिमराज चालिसेसँग सेक्टर २८ पुगी सहयोगको अपिल गरेका थिए ।

उनलाई हिमाचलको कसौलसम्म जान भाडा तथा खानपानको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग सहित चंडीगढ़बाट पठाइएको थियो । आज २७ डिसेम्बरका उनी स्वदेश वाग्लुङ फर्कदै गर्दा मूल प्रवाह चंडीगढ़लाई धन्यवाद दिदै कृतज्ञतापूर्वक हाम्रा सम्वाददाताको सहयोगको रकम वापसी गर्दै विपदको समयमा मूल प्रवाहले गरेको सहयोग जीवनभर नभुल्ने वताए । उनले समाजलाइ धन्यवाद समेत प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here